जनक खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनक खड्का नेपाली चलचित्र निर्देशक हुन् | साहित्यमा युवा गजलकार जेके विरक्त भनेर समेत चिनेने खड्काको जन्म 16/12/1993 मा [[रामेछाप][ जिल्लाको फर्पु गा.वी.स.मा भएको हो | एक्काईस वर्षको ऊमेरमा चलचित्र "21 वर्ष" निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक खड्का चलचित्र पत्रकार समेत हुन् | प्रमुख कलाकार तथा प्राविधिक सबै एक्काइस बर्षकै प्रयोग गरिएको यो चलचित्रको छायाङ्कन २१ दिन गरिएको थियो भने २०७५ साल कात्तिक ५ गतेबाट नेपालभरका चलचित्र भवनहरूमा प्रदर्शन गरिएको थियो । कान्तिपुर टेलिभिजन मा कार्यक्रम निर्माता, निर्देशकको रूपमा तथा [[नेपाल नेटवर्क टेलिभिजन][ मा कार्यकारी अधिकृतको रूपमा समेत काम गरेका उनी युवा ज्योतिषको रूपमा परिचित छन् । लेखन तथा कुशल निर्देशन गर्ने खड्कालाई नेपाली चलचित्रमा फूलैफूलको मौसम तिमीलाई चलचित्रमा सहायक निर्देशकको कामबाट दिनेश डिसी ले भित्राएका हुन् | बिभन्न चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापनहरूमा लेखक, निर्देशक तथा कलाकारको रूपमा काम गरिसकेका खड्काले कान्तिपुर टेलिभिजन बाट प्रसारण भएको दिनेश डिसी निर्देशित हास्य टेलिशृंखला ट्वाक्क टुक्क रिटर्न्सको लेखक, कलाकार तथा मुख्य सहायक निर्देशकको रूपमा काम गरेका थिए । खड्का निर्देशित चलचित्र फिक्का २०७६ साल मंसीर 15 गतेबाट नेपालभर प्रदर्शन भएको थियो | खड्का चलचित्र क्षेत्रमा आउनुपुर्ब मिस प्लस टु नेपाल , मिस नेपाल कल्चर, मिस युथ नेपाल आदि सौन्दर्य प्रतियोगिता आदि कार्यक्रमको व्यवस्थापक समेत रहेका थिए । खड्काले सन् २०२३ फेब्रुअरी २४ मा लोकप्रिय कलाकार एवं टिकटकर निशा कार्की संग विवाह गरेका थिए । सिनेमा सर्कल नेपाल को महासचिव, नेपा ट्रस्ट को कोषाध्यक्ष, मेगा आर्ट एण्ड ईन्टरटेन्टमेन्ट को अध्यक्ष आदि रहेका खड्का समाजसेवामा समेत सकृय रहेका छन् । दिनेश डिसी अध्यक्ष रहेको सिनेमा सर्कल नेपालले नेपालकै प्रतिष्ठित फिल्म अवार्ड सिने सर्कल अवार्ड आयोजना गर्दै आएको छ भने नेपा ट्रस्टले सामाजिक गैरनाफामुलक काम गर्दै आएको छ ।