ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (नेपाल)
स्वरूप
(जलस्रोत मन्त्रालय (नेपाल)बाट अनुप्रेषित)
निकाय विवरण | |
---|---|
अधिकार क्षेत्र | नेपाल सरकार |
प्रधान कार्यालय | सिंहदरबार, काठमाडौँ, नेपाल |
आदर्श वाक्य | निजामती सेवाको मान्यता: अनुशासन, इमान्दारिता र नैतिकता |
मन्त्री | |
उप प्रधानमन्त्री |
|
निकाय कार्यकारी |
|
वेबसाइट | moewri |
कूल कृषि भूमिको उल्लेख्य प्रतिशतलाई सिञ्चित गर्न सक्ने र प्रशस्त मात्रामा जलविद्युतको उत्पादनगर्न सक्ने सम्भाव्यताका कारण नेपालको मुख्य चुनौतिको रूपमा रहेको गरीबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने जलस्रोतको परिचालन र व्यवस्थापन गर्ने जिम्मेवारी यसमन्त्रालयमा रहेको छ।
उद्देश्य
[सम्पादन गर्नुहोस्]देशमा औद्योगिक एवम् आर्थिक क्रियाकलाप बिस्तार गर्न आवश्यक उर्जाको उत्पादन रआपूर्ति सम्बन्धी व्यवस्था गर्नु, कृषि प्रणालीमा अपेक्षित सुधारको प्रयासमा सहयोग पुर्याउनु सिँचाई प्रविधि सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्नु यस मन्त्रालयको उद्देश्य रहेको छ।
कार्यक्षेत्र र जिम्मेवारी
[सम्पादन गर्नुहोस्]नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०५७ अनुसार यस मन्त्रालयका कार्यर्हहरू निम्न छन् :
- जलस्रोतको संरक्षण तथा नियन्त्रण र उपयोग सम्बन्धी नीति, योजना र कार्यान्वयन सम्बन्धी,
- जलस्रोत र यसका उपयोग सम्बन्धी सर्भेक्षण, अनुसन्धान तथा सम्भाव्यता अध्ययन सम्बन्धी,
- जलस्रोत सम्बन्धी बहुमुखी योजनाहरूको निर्माण, सञ्चालन तथा सम्भार र प्रबर्द्घन सम्बन्धी,
- जलस्रोत सम्बन्धी जनशक्तिको विकास सम्बन्धी,
- विद्युत र विद्युत सम्बन्धी कम्पनी एवम् सस्थासँग सम्बन्धित विषयहरू सम्बन्धी,
- विद्युत विकासमा निजी क्षेत्रको प्रबर्द्घन सम्बन्धी,
- जलस्रोत र त्यसको उपयोग सम्बन्धी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठी तथा सर्म्पर्क सम्बन्धी,
- जलस्रोत र त्यसको उपभोग सम्बन्धी द्विपक्षीय वा बहुपक्षीय वार्ता, सन्धि, सम्झौता सम्बन्धी,
- सिँचाइ सुबिधा शुल्क सम्बन्धी,
- जलस्रोतसँग सम्बन्धित बिषयमा अन्य निकायहरूसँग समन्वय गर्ने सम्बन्धी,
- इन्जिनियरिङ्ग सेवा अर्न्तर्गत इलेक्टि्रकल, मेकानिकल, र मेटेरियोलजी समूह तथा हाइड्रोपावर,
- हाइड्रोलोजी र इरिगेसन उपसमुह सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, सुरू नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यताको निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी।
मन्त्रालय अर्न्तर्गतका निकायहरू
[सम्पादन गर्नुहोस्]- जल तथा शक्ति आयोगको सचिवालय।
- नेपाल विद्युत प्राधिकरण।
- सिँचाई विभाग।
- विद्युत विकास विभाग।
- जल उत्पन्न प्रकोप नियन्त्रण विभाग।
- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र
आधिकारीक वेबसाईट
[सम्पादन गर्नुहोस्]- ↑ "About the Ministry", Ministry of Energy, अन्तिम पहुँच २० मार्च २०१८। वेब्याक मेसिन अभिलेखिकरण २५ मार्च २०१८ मिति
- ↑ "Three ministers of state sworn in", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-०८-०३।