जामालगन्ज उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जामालगञ्ज उपजिल्लाबाट अनुप्रेषित)
जामालगन्ज
জামালগঞ্জ
जामालगन्ज उपजिल्लामा सुरमा नदीको दृश्य
जामालगन्ज उपजिल्लामा सुरमा नदीको दृश्य
जामालगन्ज জামালগঞ্জको अवस्थिति
विभागसिलेट विभाग
जिल्लासुनामगन्ज जिल्ला
क्षेत्रफल
 • जम्मा३३८.७४ किमी (१३०.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०७,७७१
 • घनत्व३१८/किमी (८२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक कोड
३०००

जामालगन्ज (बङ्गाली: জামালগঞ্জ) बङ्गलादेशको उत्तर-पूर्वी भागमा पर्ने जिल्ला सुनामगन्जको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभागमा अन्तर्गत पर्दछ।[१][२]

भूगोल[सम्पादन गर्नुहोस्]

जामालगन्ज उपजिल्ला बङ्गलादेशको उत्तर-पूर्वी भागमा पर्छ भने यो उपजिल्ला २४°५०' देखि २५°०४' उत्तर अक्षांश र ९१°०५' देखि ९२°१९' पूर्वी देशान्तरमा अवस्थित छ। जामालगन्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३८.७४ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई ताहिरपुरविश्वम्भरपुर उपजिल्लाले उत्तर,खालियाजुरीदिराई उपजिल्लाले दक्षिण, सुनामगन्ज सदर उपजिल्लाले पूर्व र मोहनगन्जधर्मपाशा उपजिल्लाले उपजिल्ला पश्चिमबाट घेरेको छ।

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १३८९८५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७१७०१ छ भने महिलाको जनसङ्ख्या ६७२८४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ११०९५० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २७९२९ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६४ रहेको छ। यस उपजिल्लाको जनघनत्व १२९२ प्रति किलोमिटर रहेको छ। यस उपजिल्लामा २३३ मस्जिद, १७ मन्दिरहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लामा ५४.२१% कृषि योग्य जमिन रहेको छ। यस जिल्लामा आलु, मौसमी तरकारी, गेडागुडी, धान, मकै, खैनी, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, रुख कटर, केरा, भुइँकटर, बदाम आदि फलफूलको उत्पादन हुँदै आएको छ।

यस उपजिल्लाको मुख्य आय स्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७३.९२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.१२% मजदुरी, व्यापार र उद्योगमा ०.३१%, वाणिज्यमा ८.१३%, सञ्चार र यातायातमा ०.४५%, रेमिटेन्समा ०.८४%, निर्माण क्षेत्रमा ०.४४%, सुविधा २.८१%, धार्मिक सेवा ०.२४% र अन्य ७.७४% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय जामालपुर थाना सन् १९४० मा स्थापना गरिएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। जामालपुर उपजिल्लामा ५ सङ्घ, ५ वडा, ९९ महल्ला र १६५ गाउँहरू रहेका छन्। जमालपुर सहरमा ३ मौजाहरू रहेका छन्।[३]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर २९.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३३.९% छ भने महिलाको साक्षरता दर २५.२% रहेको छ। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; जामालगन्ज डिग्री कलेज (सन् १९८५), जामालगन्ज उच्च विद्यालय (सन् १९४८), भिमखाली उच्च विद्यालय (सन् १९४८), भिमखाली उच्च विद्यालय (सन् १९५८), अलादिन स्मारक विद्यालय (सन् १९५८), अलादिन स्मारक उच्च विद्यालय (सन् १९६७), नवीनचन्द्र उच्च विद्यालय (सन् १९६८), जामालगन्ज उच्च विद्यालय (सन् १९६९), जामालगन्ज कन्या उच्च विद्यालय (सन् १९८२), नवग्राम अष्ट्राग्राम स्लामी मदरसा (सन् १९७५) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে বিশ্বম্ভরপুর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [dead link]
  2. বদিউল আলম (सन् २०१२), "জামালগঞ্জ", in সিরাজুল ইসলাম, আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. উপজিলনের তালিকা वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]