जेन अस्टिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेन अस्टिन
सन् १८१०मा जेन अस्टिन
सन् १८१०मा जेन अस्टिन
जन्म(१७७५-१२-१६)१६ डिसेम्बर १७७५
स्टेभेनटन रेक्टरी, बेलायत
मृत्यु१८ जुलाई १८१७(1817-07-18) (उमेर ४१)
विनचेस्टर, बेलायत
समाधि स्थलविनचेस्टर , बेलायत
अवधि१७८७ देखि १८०९–११
विधारोमान्स

हस्ताक्षर

जेन अस्टिन (१६ डिसेम्बर १७७५ – १८ जुलाई १८१७) अङ्ग्रेजी उपन्यासकार र बढी पढिएकी लेखिका हुन् । सेन्स एन्ड सेन्सिबिलिटि (१८११), प्राइड एन्ड प्रिजुडिस (१८१३), म्यान्सफिल्ड पार्क (१८१४) र एमा (१८१५) उनका केही चर्चित कृति हुन् । सन् १८६९ मा उनको भतिजोद्वारा प्रकाशित ए मेमोर अफ जेन अस्टिन ले अस्टिनलाई धेरै चर्चित बनायो । सन् १९४० को दसक सम्म उनी अङ्ग्रेजी साहित्यको उल्लेखनीय लेखिकाको रूपमा चिनिसकिएकी थिइन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

पारीवारीक पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

अस्टिनका आमा क्यासेन्ड्रा र बाबू जर्ज उच्च परिवारिक पृष्ठभूमिबाट आएका थिए । बाबू जर्ज उल उत्पादक हुँदै अरु सैनिक अहोदामा पुगेको परिवार थियो । उनीहरूको विबाह १६ अप्रिल १७६४ मा भयो ।

अस्टिनका ६ जना दाजुभाइ र एउटी दिदी थिइन् । उनकि दिदी नै उनको मिल्ने साथी भइन्, [१]दाजुभाइहरू मध्ये हेनरीलाई अस्टिन नजिक मान्थिन् । हेनरी बैङ्कमा काम गर्थे, आफ्नो ठाउँको धेरै जनासँग चिनजान भएकाले अस्टिनको कृतिहरु छापिन उनले सहयोग पुर्याए [२]

सुरूवाती जीवन[सम्पादन गर्नुहोस्]

अस्टिनको जन्म १६ डिसेम्बर १७७५ मा भयो र उनको न्वारान ५ अप्रिल १७७६ मा भयो । केही महिना पछि उनकी आमाले उनलाई एक वर्ष सम्म एलिजावेथ लिटलवुड कहाँ हेरचाहका लागि राखिन् ।

सन् १७८३ मा अस्टिन र उनकी दिदी क्याजेन्ड्रालाई पारिवारिक रिति अनुसार अक्सफोर्ड भर्ना गरियो । दुवै दिदीबहिनीलाई टाइफाइडले समात्यो, यसमा जेनको झन्डै मृत्यु भएन ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Fergus, "Biography", 3; Tomalin, 142; Honan, 23, 119.
  2. "Kellynch Hall - Persuasion - Jane Austen", kellynch.com, १३ अगस्ट २००५। 
  3. Le Faye, Family Record, 47–49; Collins, 35, 133.

बाह्य कडी[सम्पादन गर्नुहोस्]