ज्ञानेन्द्र खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ज्ञानेन्द्र खँड्काबाट अनुप्रेषित)

ज्ञानेन्द्र खड्का नेपालका पत्रकार थिए। उनी द्वन्द्वकालमा माओवादी द्वारा मारिएका थिए। खड्का २०६० भदौ २१ गते सिन्धुपाल्चोक जिल्लाको ज्यामिरेमा मारिएका थिए।[१] उनलाई बन्दूकधारी माओवादीहरूले नियन्त्रणमा लिई हात बाँधेर लगेका थिए। पछि उनलाई गाउँकै एउटा भलिबलको पोलमा पाता फर्काई बाँधेर उनकै श्रीमतीको अगाडि खुकुरीले घाँटी रेटेर हत्या गरिएको थियो।[२] पत्रकार खड्का राष्ट्रिय समाचार समितिको रिपोर्टरको रूपमा काम गर्दथे।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. http://cpj.org/killed/2003/gyanendra-khadka.php
  2. http://nepalitimes.com/blogs/kundadixit/2010/02/15/we-wont-forget/

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]