डा रामशरण महत
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
रामशरण महत
नुवाकोट क्षेत्र नं. २बाट संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसका तर्फबाट चुनिनुभएका डा.रामशरण महत अर्थशास्त्र र मुलुकको आर्थिक स्थितिका बारेमा दरो पकड राख्ने प्रजातन्त्रवादीका रूपमा चिनिनुहुन्छ। नेपाली कांग्रेसको सरकारमा पटक-पटक अर्थमन्त्रीको जिम्मेदारी सम्हाल्दै आएका डा.महत परराष्ट्रमन्त्री समेत रहिसक्नुभएको छ। डा. महत शान्ति सम्झौतापछि गठित सातदलीय गठवन्धन सरकारमा पनि अर्थमन्त्री हुनुहुन्थ्यो।
५७ वर्षीय डा. महत विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घ मार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएको हो। नेपाल विद्यार्थी संघका महामन्त्री समेत रहिसकेका उहाँले पञ्चायतकाल छँदै संयुक्त राष्ट्रसंघीय निकायमा माथ्लो ओहदामा रही काम गर्नुभएको थियो। १९९०मा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेदारी समेत सम्हाल्नुभएको छ। डा. महतले नेपालको अर्थराजनैतिका सम्बन्धमा गहन विश्लेषण गरिएका थुप्रै लेखहरू र पुस्तक समेत लेख्नुभएको छ।