नेपाली बाल-विश्वकोश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली बाल विश्वकोश नेपाली बालसाहित्य समाजद्वारा वि.सं. २०६० मा प्रकाशित नेपाली भाषाको पहिलो बाल विश्वकोश हो । यसका प्रधान सम्पादक प्रा.डा. चूडामणि बन्धु हुनुहुन्छ । सम्पादक मण्डलमा भक्टिर प्रधान, महादेव अवस्थीविश्वम्भर चञ्चल हुनुहुन्छ । यसको प्रकाशनको लागि युनेस्कोले आर्थिक सहयोग गरेको थियो ।

नेपाली बाल विश्वकोश बालबालिकाले बुझ्ने सरल भाषामा लेखिएको छ । यसमा साधा चित्रहरु पनि छन् । यसमा ७०० भन्दा धेरै पृष्ठ छन् । पूरै विश्वकाश २८ भागमा बाँडिएको छ । ती अध्यायहरूमा भूगोल, इतिहास, साहित्य, जीवजन्तु, वनस्पति, अन्तरिक्ष, खेलकुद, कृषि, संगीत आदि विभिन्न विषयहरु समावेश गरिएका छन् । सबै विषयमा नेपालको सन्दर्भ र अवस्थामा जोड दिइएको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://pustakalaya.org/view.php?pid=Pustakalaya:2624 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-२८ मिति साझा शिक्षा र्इ-पाटीको र्इ-पुस्तकालय