गिरिजाप्रसाद कोइराला क्रिक्रेट रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिरिजाप्रसाद कोइराला क्रिक्रेट रङ्गशाला
मैदानको जानकारी
स्थानविराटनगर, नेपाल
निर्देशाङ्क२६°२७′१५″उ॰ ८७°१६′४७″पू॰ / २६.४५४१७°N ८७.२७९७२°E / 26.45417; 87.27972
स्वामिवनेपाल सरकार

गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला बैजनाथपुर, विराटनगर, नेपालको एक प्रस्तावित क्रिकेट रङ्गशाला हो। चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र काठमाडौँको मुलपानी क्रिकेट रङ्गशालासँगै नेपालले सन् २०२४ को टिट्वान्टी विश्वकपका लागि छनोट भएपछि यसलाई नोभेम्बर २०२३ मा राष्ट्रिय गौरवका आयोजनाहरूमा समावेश गरिएको थियो।[१]

अवलोकन[सम्पादन गर्नुहोस्]

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा नामकरण गरिएको बैजनाथपुर रङ्गशालामा स्विमिङ पुल, कभर्ड हल र फुटबल मैदान जस्ता अन्य सुविधा हुनेछन्।[२] यो विराटनगरको सहरको केन्द्र नजिक छ। यस रङ्गशालामा ७ प्रादेशिक र ३ वटा विभागीय टोली सम्मिलित कोशी प्रदेश टिट्वान्टी क्रिकेट प्रतियोगिता लगायत धेरै घरेलु प्रतियोगिताहरू आयोजना हुनेछन्।

निर्माण[सम्पादन गर्नुहोस्]

विराटनगर महानगरपालिकाको वडा नं १९ मा १५ दशमलव ५ बिघा जग्गामा फैलिएको मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको छ। नेपाल सरकारले यस आर्थिक वर्षको बजेटमा डीपीआरका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको थियो।। सरकारले २०५४ सालमा बहुउद्देश्यीय रङ्गशाला बनाउने योजना घोषणा गर्दै २०५५ सालमा यो जग्गा अधिग्रहण गरेको थियो। तर, सातौँ राष्ट्रिय खेलकुदका क्रममा क्रिकेट खेलका लागि पिच तयार गर्ने बाहेक केही वर्षयता उल्लेखनीय काम हुन सकेको छैन। बैजनाथपुर क्रिकेट रङ्गशाला निर्माणका लागि दुई अर्ब रुपैयाँ लाग्ने सरकारी अनुमान रहेको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Accelerates Construction of Three National Cricket Stadiums", Nepal Deskm, नोभेम्बर १०, २०२३। 
  2. विनोद भण्डारी (१४ वैशाख २०८१), "बैजनाथपुर अब जीपी क्रिकेट रंगशाला", कान्तिपुर दैनिक (नेपालीमा)। 
  3. "दुई अर्ब लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला बन्ने", न्युज गृह (नेपालीमा), १४ वैशाख २०८१।