भीमराज नौलखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भीमराज नौलखा प्रजातन्त्रका योद्धा हुनुहुन्छ। उहाँ विराटनगरमा रहेर राणा शासन फ्याँक्ने आन्दोलनमा लाग्नुभयो। भीमराज पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका बालसखा हुनुहुन्छ। उहाँको जन्म १९८५ साल असोज १३मा विराटनगर ९मा भएको हो। उहाँका पिता सुगनमल र माता मख्खुदेवी हुनुहुन्थ्यो। उहाँहरू छ छोरा र एक छोरी गरी सात सन्तान जन्मनुभएको हो। उहाँ ठूलो-कान्छो छोरा हो। उहाँले कोइराला-परिवारलाई हतियार लुकाउन, आर्थिक सङ्कलन गर्दै धेरै सहयोग गर्नुभयो।