भैरव रिसाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भैरव रिसाल (वि.सं. १९८५ - ) नेपालका वरिष्ठ पत्रकार हुन।

जीवनी[सम्पादन गर्नुहोस्]

भैरवको जन्म वि.सं. १९८५ सालमा भएको थियो। भक्तपुरको गुण्डु गाविसमा जन्मिएका रिसालको त्यहाँबाट तीन किलोमिटर नजिकलुभु पाठशालामा संस्कृतको प्रारम्भिक अध्ययन गरे।

निम्न माध्यमिक तहको अध्ययन पूरा गरेपछि तीनधारा पाठशाला हुँदै बनारसबाट संस्कृतमा आचार्यसम्मको अध्ययन गरे। यिनले विभिन्न पत्रिका र राष्ट्रिय समाचार समिति आदिमा काम गरिसकेका छन्। यिनी नेपालमा वातावरण पत्रकारिताको अग्रज अभियानकर्ता हुन्।

विद्यार्थी जीवनदेखि नै वि.सं. २०१३ सालदेखि वामपन्थी राजनीतिमा लागेका रिसाल केही समय नेपाल मजदूर किसान पार्टीसँग आबद्ध थिए।

कृति[सम्पादन गर्नुहोस्]

उनको आत्मकथा साधुलाई सूली (डायरी, वि.सं. २०५३) प्रकाशित छ। उनले पत्नी सुशीलासँग मिलेर सुशीला भैरव (संयुक्त आत्मकथा, वि.सं. २०६६) लेखेका छन्।

पुरस्कार[सम्पादन गर्नुहोस्]

पत्रकारितामा उत्कृष्ट योगदान पुर्याएवापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा वातावरण पत्रकारितामा योगदान गरेवापत डब्लूडब्लूएफको अब्राहम कन्जभेसन अवार्ड, विज्ञान प्रविधि प्रवर्द्धन पुरस्कार, जगदम्बाश्री पुरस्कारलगायतका अनेकौँ साना ठूला पुरस्कारबाट सम्मानित भएका छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]