मधेशमा विबाह पद्दति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मधेश विवाह

देखौका

देखौका :[सम्पादन गर्नुहोस्]

हरेक जातजातिहरूको आफ्नो -आफ्नै विवाहको चलन हुन्छ । मधेशमा सर्वप्रथम केटाको परिवारका मानिसहरू गएर केटी हेर्ने र केही प्रश्नहरु सोध्ने गर्छन । केटी मनपरेपछि केटीको परिवार दिन तोकेर केटा हेर्न जान्छन् केटा मनपरेपछि दहेज (दाईजो ) तोक्ने गर्दछन । दहेजमा कुरा मिलेपछि छेका पुजा (इङ्गेजमेन्ट )को दिन तय हुन्छ ।

छेका/ पुजाई :[सम्पादन गर्नुहोस्]

पहिला केटीको घरबाट छेका जान्छन् र छेकामा केटा र केटाको परिवारका सदस्यलाई लुगा ,कपडा लैजानु पर्ने हुन्छ । केटाको लागि २ जोर लैजानु पर्ने हुन्छ । त्यसमा १ जोर सर्ट ,पाइन्ट ,१ जोर लुंगी र गन्जी लिएर केटीका परिवार केटाको घरमा गएर केटाको घरको आगनमा राखेर पूजा गरिन्छ । पूजा भएपछि केटाको घरका ५ जना विवाहित आइमाईहरूले केटालाई चुमाउने(केटाको हातमा चामल हुन्छ र चामल घुडामा हुने कुइनामा छुने र टाउको माथिबाट चामल फाल्ने जसलाई चुमाउने भानिन्छ) गर्छन् त्यसपछि केटीको बुबा र एक जना अरु कोही मान्छे केटीको तर्फबाट केटाको परिवारलाई यती गते आउनु भनेर तोकिन्छ र त्यो दिन केटाको ५ जना केटीको घर केटीको लागि पहेलो सारी लिएर त्यहाँ पुग्छन् । पहिले झै केटीलाई केटीका घरका ५ जना विवाहित आइमाईले चुमाउने गर्छन । त्यो दिनमा केटीको तर्फबाट दहेज को ५०% जति त्यहि दिनमा केटाको परिवारको मूल मान्छेलाई दिइन्छ र आको मान्छेहरूलाई सुरक्षित रूपमा खान दिएर सुताइन्छ । भोलिपल्ट जति केटाको मान्छेहरू छन् ती सबैलाई केटीको बुबाले लुगा दिएर बिहेको दिन तय गरिन्छ ।

विवाहिक् कार्यक्रम हरू[सम्पादन गर्नुहोस्]

विवाहको परम्परा अनुसार १५ दिन पहिला केटा र केटीको आमा गाउँमा गएर छिमेकीलाई लोहोरो लिएर आउनु भन्दै बोलाउने चलन छ । राती छिमेकीहरू लोहोरो लिएर आउछन र हलेदी कुटछन् हलेदी कुटेपछि खान खाएर जान्छन । विवाहको ५ दिन अगाडि सम्म केटाको र केटीको आमा छिमेकीको घर मा गएर गाना गाउन आउनु भन्दै गाउँ घुम्ने छिमेकिहरु आएर गाना गएर फर्कन्छन ।

सगुन:[सम्पादन गर्नुहोस्]

विवाह भन्दा ५ दिन अगाडि केटाको र केटीको घरमा मान्छेहरू जम्मा भएर सबै ५ जना आइमाईहरू जम्मा भएर टोकरी लिएर माटो लिन नदीतिर जाने गर्छन् र माटो तोपारीमा उठाएर गाना गाउदै केटाको घर र केटीको घरतिर जाने गर्छन् । ति ५ जना आईमाईले त्यहि दिन त्यो माटोले चुलो बनाउने गर्छन् र चुलो बनाइएर आगनमा ठुलो तन्ना ओछाएर हजामिले चामलले चौका बनाउने गर्छन् त्यहाँ केटाले छेकामा आएको लुंगी लगाएर बस्छ अनि आइमाई र फुपूले केटालाई तेल लगाउने गर्छन् ।

केटालाई तेल लगाउदै

र ई सब कर्यक्रम्हरू केटी को घर मा पनि हुने गर्छ । केटा को घर मा यो कार्यक्रमहरू सिढी सकेह पछि केटा को घरबाट २ जना व्याक्ति हरूले माछ, गहु, र एउटा पहेलो सरि केटिको घर मा सगुन को रुप मा लैजाने गर्छन र त्यो सरि नै केटिले विवाह को दिन सम्म लागे राख्नु पर्छ । र कोबाट आए को त्यो मच नै त्यो दिन घर मा पक्छ र सब हरूलाई त्यो माछा खानु पर्दछ, त्यसपछि २ जना केटा र केटि लै बेसर को लेप लगाउने गरिन्छ त्यो लेप लाई हल्दी भनिन्छ ।

कथा एवम मट्कोर:[सम्पादन गर्नुहोस्]

कथा एवम मटकोरको दिन केटा र केटि दुवै जनाको घरमा एउटै तरिकाले कथा एवंम माट्कोर मनाईन्छ दुवैको घरमा दिउसो तिर चना किनिन्छ अनि चनालाई पानीमा भिजाईन साँझ तिर पण्डितले कथा भन्नुहुन्छ र पुजा गर्नु हुन्छ पुञ्ज सकेपछि केहि आईमाईहरूले केटा र केटिको आमा अनि फुपूले एउटा कोदालो ,चना अनि पुजाको सामग्री लिएर गाना गाउँदै र बाजा बजाउदै मन्दिर नजिकै जान्छन र मन्दिर नजिकै पुगेपछि सबै जना कल नीर तथा भगवानको मुर्ति निर जम्मा हुन्छन जम्मा भईसकेपछि सबै जनाले बिबाहको गानाहरू गाउँछन् गाना गाउँदै केटा र केटिको फुपूले कोदालोले माटो खन्छन र त्यो माटो कोडे लाई नै माट्कोर भनिन्छ त्यो माट्कोर कोडीसकेपछि केटा र केटीको आमाले त्यहाँ सबै जनालाई चना बाँड्छिन अनि घरमा पनि त्यहि चनाको तरकारी पाक्छ यसरि हुन्छ कथा एवंम माट्कोर को बिधिहरु |