माधवप्रसाद पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माधवप्रसाद पौडेल
Education and Communication Minister Madhav Paudel at Repotersclub

माधवप्रसाद पौडेल (वि.सं. २०१२- ) नेपालका पूर्व प्रशासक तथा वर्तमान मन्त्री हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा सूचना तथा सञ्चार मन्त्री छन्। पौडेल २३ वर्ष कानुन मन्त्रालयअन्तर्गत काम गरेका उनले त्यहीँबाट अवकाश पाएका थिए। प्रधानमन्त्री कार्यालयको सचिवका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका पौडलकै पालामा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन आएको हो।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

पौडेलको जन्म वि.सं. २०१२ फागुन १ गते रामेछाप जिल्लाको सैपुमा भएको हो। उनका बुवा सोमप्रसाद पौडेल र आमा तोरनकुमारी पौडेल हुन्। रामेछाप जिल्लाबाटै प्रवेशिका दिएका मन्त्री पौडेलले रुसको मस्कोस्थित लुमुम्बा विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गर्नुका साथै राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।

सरकारी-सेवा[सम्पादन गर्नुहोस्]

वि.सं. २०४० सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका उनी २०४५ सालमा उपसचिव, २०५२ सालमा सहसचिवमा र २०६३ सालमा सचिव भई आफ्ना जिम्मेवारीहरू पुरा गरेका थिए। सहसचिव र सचिवका रूपमा लामो समय कानुन मन्त्रालयमा काम गरेका पौडेलले प्रधानमन्त्री कार्यालयमा सचिवका रूपमा मानवअधिकार एकाइमा काम गर्दैगर्दा उमेर हदका कारण अवकाश पाएका हुन्।

रिपोर्टर्स क्लबमा माधवप्रसाद पौडेल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]