यौन स्पर्श

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यौन स्पर्श

हाम्रा अङ्गहरूमध्ये कतिपय विशेष रूपमा यौन संवेदनशील हुन्छन्। त्यसको स्पर्शबाटै हामीले यौनसुख प्राप्त गर्छौं । कुनै अङ्गबाट हल्का किसिमको यौन उत्तेजना प्राप्त हुन्छ भने कुनै अङ्गबाट तीव्र किसिमको। आँखाका परेला, आँखी भुइँ, कनपट्टी, कुम, हत्केला, कपालजस्ता अङ्गको कोमल स्पर्शले हल्का किसिमको यौन उत्तेजना पैदा गर्छ। यौनाङ्ग त्यसमा पनि पुरुषमा अग्रचर्म टाँसिएको भाग, लिङ्ग मुन्डको घेरा अनि महिलामा भगांकुर, स्तन, भगक्षेत्र अनि दुवैको हकमा गुदद्वार वरिपरिको भाग अति नै यौन संवेदनशील हुन्छन्। स्पर्श गर्ने तरिका विभिन्न किसिमको हुन सक्छ। टाँसिएर बस्नु, अँगालो हाल्नुदेखि मालिस, हल्का स्पर्श, सुमसुम्याई, हल्का पिटाइ, दबाब, कोटयाउनु, कन्याउनु, हल्का टोक्नु, चाट्नु, चुस्नु, काउकुती लगाउनु जस्ता कुराले स्पर्शको विविधतालाई देखाउँछ। प्वाँख वा अन्य रेशमी कपडाको प्रयोग सबैले यौन स्पर्शलाई अर्को तहसम्म लान मद्दत गर्छ। यौनसम्पर्कका बेला पनि उत्तेजनाको स्तर बढाउन कतिपय व्यक्तिले आफैंलाई नै स्पर्श गर्छन्। हस्तमैथुन पनि स्पर्श हो। यसै सन्दर्भमा गहिरिएर विचार गर्नुहोस् त, यौनसम्पर्क भनेको पनि स्पर्श नै हो। यहाँ एक व्यक्तिको यौनाङ्गको अर्को व्यक्तिको यौनाङ्गसँग विशेष रूपमा गरिएको स्पर्श हो। एचआईभीको महामारी संसारमा बढेपछि नसर्ने किसिमको सुरक्षित यौन क्रियाकलापलाई प्रयोग गर्न उत्प्रेरित गरियो। यसै क्रममा सन् ८०को दशकमा अङ्ग्रेजीमा outercourse भनिने शब्दको प्रयोग हुन थाल्यो, जसलाई बाह्य यौन सम्पर्क भन्न सकिन्छ। शरीरबाट निस्कने विभिन्न तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआइने भएकाले सामान्यतः यसलाई एचआईभी तथा कतिपय यौनरोगबाट बच्न सकिने हुनाले सुरक्षित यौन क्रियाकलपाको वर्गमा राखिएको पाइन्छ। यस्तो यौन क्रियाकलाप गर्दा गर्भ रहनबाट पनि बच्न सकिन्छ। यस्ता यौन क्रियाकलाप गर्दा केही अपवाद पनि छन् भन्ने कुरा बिर्सनु हुँदैन।

विपरित वा समान लिङ्गका व्यक्तिहरूले एकआपसमा आफ्ना यौन अङ्गहरूलाई बाहिरैतिर हल्का स्पर्श, घर्षण वा यौनाङ्ग नै रगड्ने गरेर यौन आनन्द प्राप्त गर्न सक्छन्। [१]

यो पनि हेर्नुहोस्

गर्भाधान

सन्दर्भ सामग्री

  1. यौन जिज्ञासा वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-०३ मिति कान्तिपुर साप्ताहिक

बाह्य सूत्र