रूपपरक समालोचना प्रणाली
रूपपरक समालोचना (अङ्ग्रेजी:Formal Criticsm) साहित्यका अन्य पक्षबाट नभएर रूपपक्षबाट गरिने समालोचनाको आधुनिक पद्धति हो । यस पद्धतिले कुनै कृतिमा विषय के कसरी संरचित छ अर्थात् त्यसले रूप कसरी प्राप्त गरेको छ भन्ने विवेचना गर्छ । यसले विषयवस्तुको विश्लेषण नगरी रूपको विश्लेषण एवं मूल्याङ्कन गर्दछ । रूपपक्ष बहिरङ्ग, मूर्त हुन्छ र यसभित्र लय, छन्द, अलङ्कार, बिम्ब, प्रतीक, कथानक, व्याकरण, भाषा, आर्थी सम्बन्ध आदि रहन्छन् । रूप साहित्यको केन्द्रीय तत्त्व भएकाले यसलाई साहित्यको अनुहार वा आकृतिका रूपमा लिइन्छ । [१]
विकासक्रम
[सम्पादन गर्नुहोस्]रूपवादको थालनी रसियाली रूपवादका रूपमा सन् १९१५ मा भएको पाइन्छ । रुसमा यसको विकास मास्को भाषिक समूह र काव्यभाषा अध्ययन समाज (ओपोयाज)बाट भएको हो । यी दुबैको सामुहिक नाम रसियाली रूपवाद हो । रसियाली रूपवादपछि यस समालोचनाको विकास बेलायत र अमेरिकामा नवसमालोचनाका रूपमा भएको देखिन्छ ।
मान्यता
[सम्पादन गर्नुहोस्]- यसले साहित्यको आफ्नै प्रयोजन, माध्यम र रूप हुन्छ भन्ने मान्यता राख्छ,
- यस कलावादी समालोचनाले साहित्यिक रूप र शैलीलाई महत्त्वपूर्ण मान्छ,
- यसले रूपलाई कृतिको सूक्ष्म र सौन्दर्यपरक समालोचना गर्ने महत्त्वपूर्ण प्रविधि मान्छ,
- यसले साहित्यलाई भाषा वा वाणीको कला मान्छ,
- यसले वस्तुको स्थगन गरी रूपको पूर्णसत्ता स्वीकार गर्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ शर्मा, प्रा.मोहनराज र लुइटेल, डा. खगेन्द्रप्रसाद (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार