सामग्रीमा जानुहोस्

लक्ष्मीनरसिंह मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मीनरसिंह मल्ल
कान्तिपुरका मल्ल राजा
मल्ल राजा
शासनकालवि.सं १६७७ -१६९८[]
पूर्वाधिकारीराजा शिवसिंह मल्ल
उत्तराधिकारीप्रताप मल्ल
मृत्युवि सं १७१४
बाबुहरिहरसिंह मल्ल
धर्महिन्दु

लक्ष्मीनरसिंह मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। उनी राजा शिवसिंह मल्लको जेठा नाति तथा हरिहरसिंहको जेठा पुत्र थिए । उनका भाइ सिद्धिनरसिंह मल्ललाई राजा शिवसिंहले पाटनको राजा बनाएका थिए।

काष्ठमण्डप को निर्माण

[सम्पादन गर्नुहोस्]

काष्ठमण्डपकै निर्माणपछि त्यतिबेला कान्तिपुर भनिने काठमाडौंले नयाँ नाम पाएको थियो।

भीम मल्लको हत्या

[सम्पादन गर्नुहोस्]

राजा लक्ष्मीनरसिंह मल्लको समयमा काजी भीम मल्ल काठमाडौंका प्रसिद्ध व्यापारी थिए। नाताले भीम मल्ल राजा लक्ष्मीनरसिंह मल्लका बहिनी ज्वाइँ थिए। तिनै भीम मल्लको ख्याति चौतर्फी भएपछि शत्रुहरूले भीम मल्लविरुद्ध राजा लक्ष्मीनरसिंह मल्लको कान फुके। ती षड्यन्त्रकारीहरूको कुरामा विश्वास गर्दै राजा लक्ष्मीनरसिंह मल्लले काजी भीम मल्ललाई आफ्नो गाथगद्दी ताकेको आरोपमा मृत्युदण्ड दिए।

सतीको श्राप

[सम्पादन गर्नुहोस्]

आफ्ना पतिले मृत्युदण्ड पाएपछि राजा लक्ष्मीनरसिंह मल्लकी बहिनी तथा भीम मल्लकी श्रीमतीले 'नेपाल दरबारको भलो चाहनेको यस्तै गति होस्, दरबारमा कसैको पनि विवेक नरहोस्' भनेर श्राप दिएका कारण अहिले पनि नेपाललाई सतिले सरापेको देश भनिन्छ। भीम मल्लकी पत्नी सती जाँदा श्राप दिएकी हुँदा "सतीको श्राप पाएको नेपाल" भन्ने लोककथन बनेको छ ।

मानसिक असन्तुलन

[सम्पादन गर्नुहोस्]

ज्वाइँ भीम मल्लले मृत्युवरण गरेको केही समयपछि राजा लक्ष्मीनरसिंह मल्लले सत्य कुरा थाहा पाए। त्यसपछि आफ्नो कुकर्मका कारण पश्चातापमा परेका राजा लक्ष्मीनरसिंह मल्लले मानसिक सन्तुलन गुमाए। यसरी राजाले मानसिक सन्तुलन गुमाएपछि उनका युवराज प्रताप मल्लले विक्रम संवत् १६९६ मा उनलाई गद्दीबाट हटाएर आफैं राजा भए। गद्दीबाट हटाइएको १८ वर्षपछि विक्रम संवत् १७१४ मा राजा लक्ष्मीनरसिंह मल्लको पागलपनकै अवस्थामा निधन भएको थियो।

पुत्र प्रताप मल्लद्वारा कैद

[सम्पादन गर्नुहोस्]

प्रताप मल्लले आफ्ना बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई आफू राजा भए।

१६ वर्ष पछि लक्ष्मीनरसिंहको बन्दी अवस्थामा मृत्यु भयो ।[]


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. नेपालको तथ्य इतिहास राजाराम सुबेदी
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५०