वान कि मुन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
वान कि मुन


बहालवाला
पद बहाली 
१ जनवरी २००७
Deputy आशा-रोज मिगिरो
अग्रज : कोफी अन्नान

कार्यकाल
१७ जनवरी २००४ – १० नोबेम्बर २००६
राष्ट्रपति : Roh Moo-hyun
प्रधानमन्त्री : Goh Kun
Lee Hae Chan
Han Duck-soo
Han Myeong-sook
अग्रज : Yoon Young Kwan
उतराधिकारी : Song Min-soon

जन्म : (1944-06-13) 13 जुन 1944 (उमेर:Expression error: Unrecognized punctuation character "�".)


[१]
Eumseong County, Chungcheongbuk-do, Korea, Greater Japanese Empire

राष्ट्रियता : कोरियाली
जीवनसाथी : यू सुन-टाएक
अध्ययन संस्था : Seoul National University (B.A.)
Harvard University (M.P.A.)
धर्म : No public affiliation[२][३]
हस्ताक्षर :
कोरियन नाम
ह्याङ्गुल 반기문
ह्यान्जा 潘基文
Revised Romanization Ban Gimun
McCune–Reischauer Pan Kimun
कोरियन उच्चारण: [panɡimun]

'वान कि मुन (जन्म १३ जून १९४४) २००७ सम्मको कोफी अन्नानको सफल कार्यकाल पश्चातका संयुक्त राष्ट्र संघका आठौ तथा वर्तमान महासचिव हुन। राष्ट्र संघको महासचिव बन्नु अघि, बान दक्षिण कोरियाको परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्र संघमा कुटनीतिज्ञ थिए। उनी विश्वविद्यालयबाट स्नातकको उपाधि पाएकै वर्ष कुटनीतिक सेवामा प्रवेश गरे र नयाँ दिल्ली भारतमा पहलो पदस्थापना स्वीकार गरे। परराष्ट्र मन्त्रालयमा उनले नम्रता र क्षमताको बिषयमा ख्याती कायम गरे।

वान कि मुनले जनवरी २००४ देखी नोभेम्बर २००६ सम्म दक्षिण कोरियाली परराष्ट्र मन्त्रीको पदभार सम्हालेका थिए। जनवरी २००६ बाट उनले संयुक्त राष्ट्र संघको महासचिवको कार्यालको लागि अभियान शुरु गरे।

विषयसूची

व्यक्तिगत विबरण [सम्पादन गर्ने]

वान कि मुनको जन्म १९४४मा कोरीयामा जापानी शासनको अन्त्य तिर उत्तरी चुङ्गचेओङ्ग प्रान्तको एउटा सानो किसानी गाउँ युम्सेओङ्गमा भएको थियो। पछि उनको परिवार नजीकएको शहर् चुङ्जुमा बसाई सर्यो।[४] वान सानो हुँदा उनको बुवा गोदामको ब्यापारी थिए तर पछि गोदामको ब्यापार टाट पल्टिए पछि उनीहरूको मध्यम वर्गिय स्तर खस्किएर गयो। वान ६ बर्षको हुँदा उनको परिवार कोरियाली युद्धको अवधी भरको लागि पिछडिएको पहाडी क्षेत्रमा सरेर गए।[१] युद्ध समाप्त भएपछि उनको परिवार पुन: चुङ्जुमा नै फिर्ता भयो।

परिवार [सम्पादन गर्ने]

वान कि मुनले यू सुन-टाएकलाई १९६२मा उच्च माध्यामिक स्तरका बिद्यार्थी हुँद भेटेका थिए। त्यस बेला उनि १८ बर्षको थिए र यू सुन-टाएक निम्न माध्यामिक स्तरको बिद्यार्थी परिषदको अध्यक्ष थिईन। वान कि मुन र यू सुन-टाएकको विबाह १९७१मा भएको थियो। उनिहरूका दुई छोरी र १ छोरा गरि जम्मा तिन जना सन्तानहरू छन। उनकी जेठी छोरी सियोन्-योङ्ग जन्म १९७२मा भएको थियो र हाल उनी सियोलमा कोरिया फाउन्डेसनमा कार्यरत छिन। उनले एक भारतिय नागरीक सँग विबाह गरिन।[५][६] उनका छोरा वू-ह्युन १९७४मा भारतमा जन्मिएका थिए। उनले क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसको युसिएलए एन्डर्सन स्कुल अफ म्यानेजमेन्टबाट एमबिए गरे र न्यूयोर्कमा एक वित्तिय कम्पनीको लागि काम गर्छन।[७] उनकी कान्छि छोरी ह्यून ही (जन्म १९७६) नैरोबीमा यूनिसेफको फिल्ड अधिकृत छिन।[१] वान संयुक्त राष्ट्र संघका महासचिवमा चुनिए पछि अहिले पनि उनको बृहत परिवार बसोबास गरिरहेको गृहनगरमा उनी एउटा प्रतिक बने। चुनावको परिणामको उत्सव मनाउनको लागि ५०,००० भन्दा बढि मानिसहरू चुङ्जुको फुटबल मैदान जम्मा भएका थिए। वान कि मुन कुनै पनि गिर्जाघर वा धार्मिक समूहको सदस्य छैनन[२] र उनले विश्वासको बारेमा ब्याख्या गर्न इन्कार गर्दै भनेका थिए "म अहिले संयुक्त राष्ट्र संघको महासचिव भएको हैसियतले अहिलेको समयमा मेरो व्यक्तिगत विश्वास तथा कुनै विशेष धर्म वा भगवानको बारेमा कुरा गर्ने ठिक नहोला। यसकारण हामी व्यक्तिगत कुराहरूको बारेमा पछि अन्य समयमा गरौला।" [३] उनकी आमा चाही बुद्ध धर्मालम्बि हुन।[४]

व्यक्तित्व [सम्पादन गर्ने]

कुटनीतिक जीवन [सम्पादन गर्ने]

दक्षिण कोरियाली परराष्ट्र तथा ब्यापार मन्त्री [सम्पादन गर्ने]

संयूक्त राष्ट्र संघको महासचिव [सम्पादन गर्ने]

सन्दर्भ सूची [सम्पादन गर्ने]