विकिपिडिया१०, नेपाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

Wikipedia-10, Nepal | विकी-१०को मुख्य पृष्ठ | नेपाली विकिपीडियाको बारेमा | विकिमिडिया नेपालको प्रेस विज्ञप्ति | विकिपीडिया१० कार्यक्रम


Katmandu / काठमाडौं

विकिपीडियाको दशौं जन्मोत्सव विकी-१० काठमाडौँमा एक कार्यक्रम गरी मनाइयो। कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धरले केक काटेर गर्नुभयो। नेपाली विकिपीडियाका तर्फबाट इन्दिवर बडाल र गणेश पौडेलले इतिहास र वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा प्राज्ञ तथा संस्कृतिविद् तुलसी दिवसले नेपालका भाषाहरूले उपलब्ध प्रविधि प्रयोग गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो। सञ्चारकर्मी केदार शर्माले अनलाइन सञ्चार माध्यमले नेपाली भाषामा पाठ्यसामग्री व्यापक रूपमा सञ्चारगर्न सक्ने बताउँदै विकीपिडीयामा योगदान गर्न सबैलाई आह्वान गर्नुभयो। फोस नेपालका सुविर प्रधानाङ्गले खुला स्रोतले विश्वलाई निःशुल्क ज्ञान बाँड्न सक्ने र डेभलपरले पनि सीप हासिल गर्नसक्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा जिम्मी वेल्सको भिडियो प्रदर्शन गरिएको थियो भनें अनत्यमा विकिपीडियामा कसरी योगदान गर्ने भन्ने विषयमा आधारभूत छलफल गरिएको थियो। सोही कार्यक्रममा माघे संक्रान्ति नामको लेख तयार गरी मुख्यपृष्ठमा राखिएको थियो।

अन्त्यमा वी कफी पिएर कार्यक्रमको समापन गरिएको थियो।

साथमा ह्याकरहरूले ह्याकजात्रा पनि मनाएका थिए।

सन् २००१मा जिम्मी वेल्सले सुरू गरेको विकिपीडिया खुला स्रोतको विश्वकोष हो।

आज विकीपिडियाको दशौं जन्मोत्सव विश्वका ९८ देशका ४१३ ठाउँमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

विस्तृत जानकारीका लागि माथिका लिङ्कहरूमा क्लिक गर्नुहोला।