विमान चालक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विमानको ककपिटमा बसेका विमान चालक ।

विमान चालक पेशा वा मनोरन्जनकोलागि हवाईजहाज वा वायुयान उडाउने व्यक्ति वा एयरलाईन्सको कर्मचारी हो ।

संराअ विमान चालक प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

निजि विमान चालक प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

संयुक्त राज्य अमेरिकाको सङ्घिय उड्डयन् प्राधिकरणबाट निजि विमान चालक प्रमाणपत्र प्राप्त गर्न यी आवश्यक छन्:

  • उमेर कम्तिमा १७ वर्ष हुनुपर्ने
  • अंग्रेजिमा पढ्न, बोल्न र लेख्न जान्नु पर्ने
  • अमेरिकि सङ्घिय उड्डयन् प्राधिकरणबाट तेस्रो दर्जाको चिकित्सा प्रमाणपत्र प्राप्त हुनुपर्ने
  • कम्प्युटरकृत हवाइ ज्ञान परीक्षा उतिर्ण हुनुपर्ने
  • कम्तिमा ४० घण्टा उडान समय आर्जन गर्नुपर्ने, जस मध्ये २० घण्टा उडान प्रशिक्षक र १० घण्टा एकल-उडान समय हुनुपर्ने
  • सङ्घिय उड्डयन् प्राधिकरणको नियमानुसार उडान परीक्षा उतिर्ण हुनुपर्ने

खेलकुद विमान चालक प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

जुलाई २००४मा सङ्घिय उड्डयन् प्राधिकरणले नया खेलकुद विमान चालक नियम स्विकृत गर्‍यो।. यो प्रमाणपत्र माथि उल्लेख गरिएको निजि विमान चालक प्रमाणपत्र प्राप्त गर्न भन्दा सजिलो छ। तर यसका सिमितता निजि विमान चालक प्रमाणपत्रका भन्दा पनि बढि छन्।

  • सङ्घिय उड्डयन् प्राधिकरणबाट चिकित्सा प्रमाणपत्र प्राप्त हुनुनपर्ने। सवारि चालक अनुमतिपत्रका आधारमा विमान चालकलाई उडानको निम्ति चिकित्सा योग्यता दिन सकिने।
  • कम्तिमा २० घण्टा उडान समय आर्जन गर्नुपर्ने, जस मध्ये १५ घण्टा उडान प्रशिक्षक र ५ घण्टा एकल-उडान समय हुनुपर्ने।
  • सङ्घिय उड्डयन् प्राधिकरणको नियमानुसार उडान परीक्षामा उतिर्णाङ्क प्राप्त गर्नुपर्ने।
  • सङ्घिय उड्डयन् प्राधिकरणले तोकेको परिक्षकसँग प्रयोतात्मक उडान परीक्षा उतिर्ण हुनुपर्ने।

खेलकुद विमान चालकमाथि लगाईएको सबैभन्दा उल्लेख्य प्रतिबन्धहरू:

  • रात्री उडान गर्न नपाईने
  • १०,००० फिटमाथि उडान गर्न नपाईने
  • नियन्त्रित हवाईक्षेत्र श्रेणी (श्रेणी ए, बि, सि वा डि)मा उडान गर्नु पूर्व अतिरिक्त निर्देषन नभई नपाईने।

उच्चस्तरिय प्रमाणपत्रहरू[सम्पादन गर्नुहोस्]

निजि विमान चालक प्रमाणपत्र प्राप्त गरेपछि विमान चालकले यी प्रमाणपत्रहरूको निम्ति आवेदन दिनसक्छन्:

  • उपकरण प्रमाणपत्रले जमीनसँग दृष्य सम्पर्कविना विमानलाई उपकरणहरूबाट सञ्चालन गर्ने अनुमति दिन्छ।
  • व्यापारी प्रमाणपत्रले विमान चालकलाई कमाईको निम्ति विमान सञ्चालन गर्ने अनुमति दिन्छ।
  • उडान प्रशिक्षक प्रमाणपत्रले अरु विमान चालकलाई प्रशिक्षण गर्न अनुमति दिन्छ।
  • वायु यातायात विमान चालक प्रमाणपत्रले ठूलो क्षमताको परिवहन वा वायुसेवाको निम्ति उडान गर्ने अनुमति दिन्छ।

अन्य प्रमाणपत्रहरू[सम्पादन गर्नुहोस्]

अमेरिकी सैन्य विमान चालकहरूले उडान प्रशिक्षण पुरागरि विमान चालक प्रमाणपत्र प्राप्त गरेपछि विमान चालक पदक प्रदान गरिन्छ।

क्यानेडाली विमान चालक अनुमतिपत्र[सम्पादन गर्नुहोस्]

निजि विमान चालक प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

क्यानेडाको क्यानेडा यातायातबाट निजि विमान चालक (उच्च कार्यक्षमता नभएको एकल-इन्जिन् वायुयान अवतरण) अनुमतिपत्रको निम्ति आवश्यकता:

  • अनुमतिपत्र लिँदा उमेर कम्तिमा १७ वर्ष हुनुपर्ने
  • तेस्रो वा पहिलो दर्जाको चिकित्सा प्रमाणपत्र प्राप्त हुनुपर्ने
  • उल्लेखित बिषयमा कम्तिमा ४० घण्टा जमीन अध्ययन् हुनुपर्ने

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]