सर्वोच्च अदालत
सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो। सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा १४ जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ। कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ।
विषयसूची |
प्रधान न्यायाधीश र न्यायाधीशहरूको नियुक्ति [सम्पादन गर्ने]
महामहिम राष्टियपति बाट संवैधानिक परिषद्को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरूको नियुक्ति गरिने े व्यवस्था छ। कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा श्री ५को अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ।
जनशक्ति [सम्पादन गर्ने]
सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरू कार्यरत थिए। कर्मचारीतर्फविभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरू कार्यरत थिए। यसका अतिरिक्त केही कर्मचारी काजमा थिए।
न्यायिक कार्य [सम्पादन गर्ने]
सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ। यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:
साधारण अधिकार क्षेत्र [सम्पादन गर्ने]
सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरू पर्दछन् :
- शुरु मुद्दा हेर्ने
- पुनरावेदन सुन्ने
- पुनरावलोकन गर्ने
- मुद्दा दोहोऱ्याइ हेर्ने
- साधक जाँच्ने
- निवेदन प्रतिवेदन सुन्ने
असाधारण अधिकार क्षेत्र [सम्पादन गर्ने]
सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरू पर्दछन् :
- न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
- रिट क्षेत्राधिकार
- सार्वजानिक सरोकारको विवाद हेर्ने
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
सम्पर्क ठेगाना [सम्पादन गर्ने]
सर्वोच्च अदालत
रामशाह पथ नेपाल
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np