सिजरियन सेक्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिजरियन सेक्सन
Intervention
आधुनिक अस्पतालमा सिजरियन सेक्सनकार्यमा सम्लग्न चिकित्सकहरू
ICD-10-PCS10D00Z0
ICD-9-CMढाँचा:ICD9proc
MeSHD002585
MedlinePlus002911

आमाको गर्भबाट बच्चा निकाल्न गरिने शल्यक्रिया पध्दतिलाई सिजरियन सेक्सन भनिन्छ। सामान्य तरिका अथवा योनिमार्गबाट बच्चा जन्माउनु वा सिजेरियन पध्दतिबाट बच्चा जन्माउनुमा खासै फरक हुदैँन। सिजरियन शल्यक्रियाका क्रममा आवश्यक सबै सावधानी अपनाइने भएकाले केहिगरी सामान्य प्रक्रिया, शल्यक्रियामा रुपान्तरण भएको खण्डमा हिचकिचाउनु पर्दैन। आमा र नवजात शिशु दुबैलाई सुरक्षित गराउनु यसको मुख्य उद्देश्य रहेको हुन्छ। कतिपय अवस्थामा तुलनात्मक रूपमा शल्यक्रिया बढि सजिलो, सुरक्षित र भरपर्दो माध्यम बन्न सक्दछ।

सिजरियन शल्यक्रिया मुख्यतया दुई प्रकारबाट गरिन्छ। ती हुन्:

  • योजनायोजनाबद्ध शल्यक्रिया(Elective or planned Caesarean section)
  • आकस्मिक शल्यक्रिया(Emergency Caesarean section)

योजनाबद्ध शल्यक्रिया(Elective or planned Caesarean section)[सम्पादन गर्नुहोस्]

पूर्णरूपमा पहिले नै योजना गरेर गरिने शल्यक्रिया जसमा गर्भवती महिलाहरूलाई यस प्रकारको योजनाबद्ध शल्यक्रियाका पध्दतिबारे चिकित्सकहरूले बुझाउँछन्। सामान्य तरिकाबाट प्रसब नहुन सक्ने अवस्थामा, उदाहरणका लागि यदि बच्चा ठूलो छ अथवा उल्टो बसेको अवस्थामा यो पध्दति अपनाउनु पर्दछ।

आकस्मिक शल्यक्रिया(Emergency Caesarean section)[सम्पादन गर्नुहोस्]

प्रसव व्यथा लागिसकेपछि केही प्रतिकूल परिस्थितिका कारणहरूले गर्दा बिनापूर्व तयारी गरिने आकस्मिक शल्यक्रिया(Emergency Caesarean section) हो। प्रसव राम्रो नभएको अवस्था अथवा बच्चामा समस्या भएमा यसप्रकारको शल्यक्रिया गरिन्छ। सुत्केरी ब्यथा लागेकी आमा र बच्चाको अवस्था हेरी प्रसुति रोग विशेषज्ञले सिजरियन गर्नुपर्ने निर्णय गर्दछन् र यसबारेमा आमालाई जानकारी गराउँछन् र मन्जुरी पनि लिने गर्दछन् ।

सिजरियन शल्यक्रियामा अचेतपना वा बेहोस पार्ने तरिकाहरू[सम्पादन गर्नुहोस्]

शल्यक्रियाको लागि आवश्यक अचेतपना गराउने वा बेहोस पार्ने विभिन्न तरिकाहरू छन्। साधारणतया सिजरियन शल्यक्रियाको लागि अचेत गराउने निम्न दुई तरिकाहरु छन्।ती हुन्:

  • पूर्ण अचेत गराउनु(General Anesthesia)

यो प्रक्रियामा बिरामी पूर्ण रूपमा अचेत भएपछि निद्रामा परेको जस्तो हुनुका साथै आफू एवम् आफू वरिपरिको वातावरणबाट निश्चित समयको लागि पूर्णतया अनविज्ञ रहन्छन्। यो पध्दति कम प्रयोग हुने गर्दछ। यो कुनै कुनै आकस्मिक शल्यक्रियाको लागि प्रयोग गरिन्छ।आंशिक अचेत पार्ने कुनैपनि तरिका असफल भएको खण्डमा अचेतपना गराउन अथवा बिरामी स्वयं पूर्ण अचेत हुन चाहेको खण्डमा यो पध्दतिको प्रयोग गरिन्छ।

  • आंशिक वा सिमित मात्रा मा कुनै अङ्ग मात्र अचेत गराउनु(Reigonal Anesthesia)

शल्यक्रिया मार्फत बच्चा जन्माउँदा प्राय: आंशिक अचेत पार्ने तरिका प्रयोग गरिन्छ, जसमा शरीरको तल्लो भागलाई पिडारहित बनाइन्छ। आमा पूर्णरूपमा होशमा हुने हुनाले दुखाइ बाहेक सबै कुराको अनुभब गर्न सक्छिन्।

आंशिक वा सिमित प्रकारको अचेत गराउने विधि ३ प्रकारका हुन्छन्।

स्पाइनल(Spinal)[सम्पादन गर्नुहोस्]

यो सबैभन्दा बढी प्रयोग हुने तरिका हो। यो तरिका दुबै योजनाबध्द एवम् आपतकालिन अवस्थामा प्रयोग गर्न सकिन्छ।हाम्रो मेरुदण्डमा रहेको स्नायुलाई वरिपरिबाट तरल पदार्थले घेरेको हुन्छ र यस प्रक्रियामा यहि तरल पदार्थमा सुई मार्फत अङ्गविशेष बेहोस पार्ने वा अचेतपार्ने औषधि दिएर आंशिक रूपमा अचेत गराइन्छ।यो प्रक्रियाले छिटो काम गर्दछ र थोरै मात्रामा मात्र औषधिको उपयोग हुन्छ।

इपिड्युरल(Epidural)[सम्पादन गर्नुहोस्]

यस प्रक्रियामा माथि उल्लेखित स्नायु नजिकै बिषेश किसिमको मसिनो पाइप पठाएर त्यसैमार्फत औषधि दिएर अचेत गराउने कार्य गरिन्छ।पाइप मार्फत दिइने हुनाले आवश्यकता अनुसार औषधिको मात्रा घटबढ गर्न सकिन्छ। यस प्रकारको तरिका प्रसब बेदना कम गर्नको निम्ति गर्ने गरिन्छ।यदि प्रसव पश्चात आकस्मिक शल्यक्रिया गर्नु परेमा यसै पाइप मार्फत कडा औषधि पनि दिन सकिन्छ।

स्पाइनल र इपिड्युरल दुबै अथवा मिस्रित प्रक्रिया[सम्पादन गर्नुहोस्]

यस पध्दतिमा स्पाइनलबाट चाँडो शरीरका तल्लो भागलाई अचेत पारेर चाहेको खण्डमा आवश्यकता अनुसार इपिड्युरल तरिकाबाट शल्यक्रियाको दौरानमा वा पछाडी दुखाइ कम गर्न थप औषधि दिन सकिन्छ।