ग्रीष्मलहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वायुमण्डलको माथिल्लो भागको उच्च चापले जमीनको सतहमा तापक्रम वृद्धि गराउँदछ

ग्रीष्मलहर वा तातो हावाको लहर एक मौसम शब्द हो जुन हावाको अत्यधिक तातो अवस्थाको वर्णन गर्न प्रयोग गरिन्छ। यदि कुनै ठाउँमा तापक्रम लामो समयसम्म बढ्दै जान्छ र त्यसको साथमा आर्द्रता पनि वृद्धि हुन्छ भने त्यसलाई ग्रीष्मलहर भनिन्छ। यसको अर्थ तातो मौसममा हुने भिन्नतामा मात्र सिमित नभई यसले छोटो समयावधिमा हुने असामान्य ताप वृद्धिलाई बुझाउँछ। ग्रीष्मलहरका परिभाषाहरू फरक-फरक भएतापनि यसको अर्थ समान छन्।[१][२] ग्रीष्मलहरलाई कुनै क्षेत्रमा सामान्य जलवायु र मौसमको लागि सामान्य तापमानको सापेक्ष मापन गरिन्छ। जब माथिल्लो वायुमण्डलमा उच्च चापीय क्षेत्र बलियो हुँदै जान्छ र केही हप्तासम्म कुनै क्षेत्रमा रहन्छ भने यससमय हावाको तातो लहर आउन सक्छ। यसले पृथ्वीको सतहमा तापक्रमको मात्रालाई बढाउँदछ। सामान्यतया पूर्वानुमान उपकरणहरू प्रयोग गरेर यस्ता लहरहरू पत्ता लगाउने गरिन्छ जसकारण जनसमुदायमा चेतावनी जारी गरी यसलाई रोकथाम गर्न सकिन्छ। ग्रीष्मलहरले अर्थतन्त्रमा पनि असर पार्दछ भने यसले श्रम उत्पादकत्व घटाउने, कृषि र औद्योगिक प्रक्रियामा बाधा पुर्‍याउने र पूर्वाधारमा क्षति पुर्‍याउन सक्छ।[३][४]

अत्यधिक गर्मीको लहरका कारण कृषिमा उत्पादकत्व घट्न जान्छ भने हाइपरथर्मियाबाट हजारौँ मानिसहरूको मृत्यु पनि हुनसक्छ। यसले खडेरी परेका क्षेत्रमा डढेलोको जोखिम बढाउने साथै गर्मीबाट बच्न वातानूकुलनको अत्याधिक प्रयोगका कारण व्यापक रूपमा बिजुली कटौती निम्त्याउन सक्छ। ग्रीष्मलहरलाई चरम मौसमको रूपमा गणना गरिन्छ। यसले मानव स्वास्थ्यको लागि खतरा निम्त्याउन सक्छ। सन् २००३ को युरोपेली गृष्मलहर इतिहासकै सबैभन्दा खराब गृष्मलहर थियो। अस्ट्रेलियाको भिक्टोरियामा यस्तो लहरले सन् २००९ मा भीषण डढेलो निम्त्याएको थियो। मेलबोर्नमा लगातार तीन दिनसम्म ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रमको अनुभव गरिँदा यस वरपरका क्षेत्रहरू उच्च तापमानबाट गुज्रिरहेका थिए। सन् २०१० को उत्तरी गोलार्धको ग्रीष्म ऋतुमा भीषण ग्रीष्मलहर चल्दा यसले दुई हजार भन्दा बढी मानिसहरू ज्यान लिएको थियो। उच्च तापक्रमका कारण डढेलोका सयौँ घटनाहरू घटेका थिए जसले व्यापक वायु प्रदूषण निम्त्याउँदै हजारौँ वर्ग किलोमिटरसम्म डढेलो लागेको थियो। भीषण ग्रीष्मलहरले बालीनालीमा व्यापक क्षति पुर्‍याउँदछ भने हाइपरथर्मियाका कारण कयौँ मानिसहरूको पनि मृत्यु हुनसक्छ। खडेरीग्रस्त क्षेत्रमा डढेलोको जोखिम बढ्नुका साथै वातानुकूलन प्रणालीको उच्चतक प्रयोगले विद्युत् कटौती हुनसक्छ। यस्ता खाले लहरहरूबाट बच्न पूर्वानुमान प्रयोग गरी सावधानी अपनाउन सकिन्छ।[५]

कारण[सम्पादन गर्नुहोस्]

३ हजारदेखि ७ हजार मिटरको उचाइमा रहेको उच्च चापीय क्षेत्र बलियो हुँदा तातो हावाको लहर फैलिन थाल्दछन् भने यस्ता लहरहरू दिन वा हप्तासम्म पनि रहिरहन सक्छन्। यस्ता लहरहरू उत्तरी र दक्षिणी गोलार्धमा ग्रीष्मऋतुको समयमा सामान्य हुन्छ। यसको कारण हावाको तीव्र लहरले सूर्यलाई पछ्याउँछ। वायुमण्डलको माथिल्लो तहको उच्च दबाब क्षेत्र र हावाको तीव्र लहर भूमध्य रेखा पक्षमा हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Meehl, G. A (२००४), "More Intense, More Frequent, and Longer Lasting Heat Waves in the 21st Century", Science 305 (5686): 994–7, डिओआई:10.1126/science.1098704, पिएमआइडी 15310900, बिबकोड:2004Sci...305..994M 
  2. Robinson, Peter J (२००१), "On the Definition of a Heat Wave", Journal of Applied Meteorology 40 (4): 762–775, डिओआई:10.1175/1520-0450(2001)040<0762:OTDOAH>2.0.CO;2, बिबकोड:2001JApMe..40..762R 
  3. Bottollier-Depois, Amélie, "Deadly heatwaves threaten economies too", phys.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१५ 
  4. García-León, David; Casanueva, Ana; Standardi, Gabriele; Burgstall, Annkatrin; Flouris, Andreas D.; Nybo, Lars (२०२१-१०-०४), "Current and projected regional economic impacts of heatwaves in Europe", Nature Communications (अङ्ग्रेजीमा) 12 (1): 5807, आइएसएसएन 2041-1723, डिओआई:10.1038/s41467-021-26050-z, पिएमआइडी 34608159, पिएमसी 8490455, बिबकोड:2021NatCo..12.5807G 
  5. "Summary for Policymakers", Climate Change 2021: The Physical Science Basis, Intergovernmental Panel on Climate Change, २०२१, पृ: 8–10, मूलबाट ४ नोभेम्बर २०२१-मा सङ्ग्रहित।