तातोपानी, सिन्धुपाल्चोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तातोपानी, सिन्धुपाल्चोक
पूर्व गाविस
तातोपानी नजिकै रहेको बाँध पार गर्दै घोडाहरू र पृष्ठभूमिमा निलगिरी हिमाल
तातोपानी नजिकै रहेको बाँध पार गर्दै घोडाहरू र पृष्ठभूमिमा निलगिरी हिमाल
तातोपानी, सिन्धुपाल्चोक is located in बागमती प्रदेश
तातोपानी, सिन्धुपाल्चोक
नेपालको नक्सामा तातोपानीको अवस्थिति
तातोपानी, सिन्धुपाल्चोक is located in नेपाल
तातोपानी, सिन्धुपाल्चोक
तातोपानी, सिन्धुपाल्चोक (नेपाल)
निर्देशाङ्क: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E / 27.68; 85.90निर्देशाङ्कहरू: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E / 27.68; 85.90
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक जिल्ला
जनसङ्ख्या
 • जम्मा६,७७४
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

तातोपानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७७४ रहेको थियो जसमध्ये ३५१२ पुरुष र ३२६२ महिला रहेका थिए भने यहाँ १७३३ घरधुरी रहेको थियो।[१][२]

प्राकृतिक रूपमा नै तातोपानीका धारा हुनाले यस ठाउँको नाम तातोपानी रहन गएको हो।[३] जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ८९.९८ वर्ग किलोमिटर छ। तातोपानीको पूर्वमा तथा उत्तरमा तिब्बत पर्दछ भने पश्चिममा गुम्बा र दक्षिणमा लिस्तीकोट र फुल्पिङकट्टी गाविसहहरू पर्दछन्। यो गाविसमा चीनसँगको भन्सार नाका तातोपानी रहेको छ। लिस्ती थुम अन्तर्गत पर्ने यस गाविसमा वर्षको अधिकांश महिनामा चिसो हावापानी पाइन्छ। तातोपानीमा शेर्पा तथा तामाङ जातिको बाक्लो बसोबास छ। अन्य गाविसका मानिसहरू भन्दा यस गाविसका मानिसहरू नेपाल चीन आयातनिर्यात व्यापारमा नै व्यस्थ हुने गर्दछन्। तातोपानी गाविसको तातोपानी धारा र पोखरी स्नाका लागि निकै प्रसिद्ध छ।

यस गाविसमा धेरै अग्ला भीर तथा पहराहरू पाइन्छ। भोटेकोशी नदी यसै गाविस भएर बग्ने भएकाले विश्मा नै भोटेकोशी राफ्टीङका लागि यो क्षेत्र निकै प्रसिद्ध छ। नेपाल-तिब्बत युद्धको ऐतिहासिक दुगुनागढी युद्धकिल्ला यस गाविसमा पर्दछ। विसं २०५८ सालको जनगणना अनुसार तातोपानीमा ८८७ घरपरिवारमध्ये कुल जनगसंख्या ४४८७ छ।

चिनियाँ नाका
नेपाल चिनियाँ मैत्री पुल
भोटेकोशी नदी
भोटेकोशी नदी
भोटेकोशी नदी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. बस्नेत, मनबहादुर (१९ वैशाख २०७३), "आवरण » तातोपानी नाका : स्वतन्त्र तिब्बत गतिविधिको मारमा", नेपाल, अन्तिम पहुँच २२ जेष्ठ २०७९