सोल्टिनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सोल्टीनीबाट अनुप्रेषित)

विवाह पश्चात दम्पतिका दाई भाइदिदी बहिनीले एक आपसमा लगाउने साइनो सोल्टीनी हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको दाई भाई वा दिदी बहिनीले शर्मिलाको दाई भाइ वा दिदी बहिनी लाई सोल्टी वा सोल्टीनी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको दाई भाइ वा दिदी बहिनीले रामको दाई भाइ वा दिदी बहिनी लाई सोल्टी वा सोल्टीनी नाता लगाउँछन् । यसै गरी बहिनीलाई सोल्टीनी नाता लाग्दछ । यो नाता ठकुरीमगर, गुरुङ, क्षत्री, ब्राह्मण, नेवार, राई लिम्बु आदि सबैमा प्रयोग भएको पाईन्छ । सोल्टी सोल्टीनी बिच बिहे आदि पनि गर्ने गरेको पाइन्छ। जसलाई सट्टापट्टा भनिन्छ ।

प्राय यो नाता नेपालमा मात्र सुन्न आउँछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]