खुल्ला ज्ञान नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओपन नलेज नेपालको लोगो

खुल्ला ज्ञान नेपाल अर्थात ओपन नलेज नेपाल विषेशगरी युवा खुल्ला ज्ञान उत्साहीहरूको एक गैर-नाफामुखी खुल्ला सञ्जाल हो। सन् २०१३ मा स्थापित यस सञ्जाल, खुल्ला ज्ञान अन्तराष्ट्रिय (Open Knowledge International) को नेपाली कार्य समुह हो। यस समुह अनुसन्धान, वकालत, प्रशिक्षण, भेटघाट र ह्याकाथोनको आयोजना, र खुल्ला डाटा, खुल्ला सरकारी डाटा, खुल्ला स्रोत, खुल्ला शिक्षा, खुल्ला पहुँच, खुल्ला विकास, खुल्ला अनुसन्धान लगायतसंग सम्बन्धित औजार विकासका कार्यहरूमा संलग्न भइआएको छ। ओपन नलेज नेपाल परिवारको सदस्य र समर्थकका रूपमा विभिन्न क्षेत्रका प्राध्यापक, विद्यार्थी, कार्यकर्ता, पत्रकार र सरकारी अधिकारीहरु रहेका छन्। यस समुहले परामर्श, तालिम र औजारहरूको विकास मार्फत खुल्ला डाटा उद्यमी र स्टार्टअपहरूले सामना गर्दै आएका डाटासंग सम्बन्धित विभिन्न प्रकारका समस्या समाधानमा मद्दत समेत गर्दछ।मेत गर्दछ।

ओपन नलेज नेपाल नेपाल सरकार कम्पनी ऐन २०६३ अन्तरगत दर्ता भएको एक गैर-नाफामूखी संस्था हो। कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेस्वरमा यस संस्थाको दर्ता नम्बर १६०७१/०७३/०७४ रहेको छ भने आन्तरिक राजस्व विभागमा स्थायी लेखा नम्बर ६०४३७३९४८ रहेको छ। यसका साथै समाज कल्याण परिषद, लैनचौरमा सम्बन्धन नम्बर ४४८८८ सहित सामाजिक कल्याण गर्ने संस्थाका रूपमा समेत दर्ता भएको छ।

उद्देश्यहरु[सम्पादन गर्नुहोस्]

  • खुल्ला ज्ञानको विचारलाइ प्रवर्धन गर्ने, यो के हो र यो किन राम्रो विचार हो भन्ने जानकारी दिने।
  • खुल्ला ज्ञानसँग सम्बन्धित स्थानिय तथा विश्वब्यापी कर्यक्रमहरू सञ्चालन गर्ने, जस्तै खुल्ला ज्ञान सम्मेलन।
  • खुल्ला ज्ञानका विभिन्न कार्य समुहहरु निर्माण गरी तिनमा काम गर्ने, जस्तै खुल्ला सरकारी डाटा, खुल्ला विज्ञान, खुल्ला अर्थतन्त्र, आदि।
  • खुल्ला ज्ञानसँग सम्बन्धित औजार, परियोजना र श्रोतहरूको विकास गर्ने।
  • नेपालमा खुल्ला ज्ञानको स्थितिका बारे अनुसन्धान र सर्वेक्षण गर्ने।
  • खुल्ला ज्ञानका विषयहरूमा स्थानिय र अन्तरास्त्रिय तहमा विभिन्न संघसंस्था र सञजालहरूसँग सहकार्य गर्ने।

खुल्ला ज्ञान सिर्जना र लागू[सम्पादन गर्नुहोस्]

मुख्य विषयवस्तुहरू[सम्पादन गर्नुहोस्]

विश्वव्यापी चुनौतीहरू[सम्पादन गर्नुहोस्]

खुल्ला जानकारी, सबैलाई मुद्दाहरु बुझ्न मद्दत गर्न, त्यसबारे विचार र समाधानका प्रयासहरु गर्न, र जोखिम र सफलताको लेखाजोखा राख्न, आवश्यक छ।

नागरिक, लोकतान्त्रिक जवाफदेहीता र प्रशासन[सम्पादन गर्नुहोस्]

सबै नागरिकलाई राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा आफ्नो समाज कसरी संचालित हुन्छ भन्ने जानकारीको खुला र स्वतन्त्र पहुँच हुनुपर्छ, जसले सरकारको जाँच गर्न र त्यसलाई थप जवाफदेही बनाउन मद्दत गर्छ।

अनुसन्धान, विज्ञान र संस्कृति[सम्पादन गर्नुहोस्]

मानव ज्ञान को योगफलमा स्वतन्त्र पहुँचले  सबैलाई आफ्नो जीवन र हाम्रो संसारलाई पुर्ण रूपले बुझ्न , सचेत छनौटहरु गर्न, र सबै मिली उज्वल भविष्य निर्माण गर्न  सक्षम बनाउँछ।

उपभोक्ता र व्यापार जवाफदेहीता[सम्पादन गर्नुहोस्]

व्यापार व्यवसायको स्वामित्व र नियन्त्रणका जानकारी सबैले पाउन सक्नुपर्छ, जसले गर्दा खराब प्रशासन र हानिकारक सामाजिक र पर्यावरणीय अभ्यासहरु प्रकाशमा आउनुका साथै तिनीहरूले प्रयोग गर्ने उत्पादन र सेवाहरुबारे समेत पूर्ण रूपले बुझ्न सकिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

खुल्ला डाटा पुस्तिका: http://handbook.oknp.org

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]