गोलघर, बिहार
गोलघर | |
---|---|
पुरानो नाम | पटनाको भकारी |
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | स्तुप |
स्थान | पटना, बिहार, भारत |
निर्देशाङ्क | निर्देशाङ्कहरू: २५°३७′१३″N ८५°०८′२२″E / २५.६२०३३७४°N ८५.१३९४४८३°E |
हाल भाडामा लिनेहरू | बिहार सरकार |
सम्पन्न | २० जुलाई १७८६ |
ग्राहक | बिहार सरकार |
स्वामित्व | बिहार सरकार |
घर धनी | बिहार सरकार |
उचाइ | 29 m |
आयामहरू | |
मोटाइ | 32m-35m.Not sure. |
योजना तथा निर्माण | |
वास्तुकार | कप्तान जोन गार्स्टिन |
गोलघर अर्थात् गोलो घर, भारतको बिहार राज्यको राजधानी पटनाको गान्धी मैदानको पश्चिममा रहेको अन्न भण्डार गर्ने ठूलो भकारी को। सन् १७७० मा आएको भयङ्कर सुख्खाका बेलामा लगभग १ करोड मानिस भोकमरीले ग्रसित भएका थिए। त्यही बेलामा गभर्नर जनरल वारेन हेस्टिङले गोलघर निर्माणको योजना बनाएका थिए। सोही योजना अनुरूप ब्रिटिश इन्जीनियर जोन गार्स्टिनले अनाजको भण्डारणको लागि यस गोलघरको निर्माणको शुरुवात २० जनवरी १७८४ मा गराएका थिए। यसको निर्माण कार्य ब्रिटिश राजमा २० जुलाई, १७८६ मा सम्पन्न भएको थियो। यसमा एक साथ १४०००० टन अनाज राख्न सकिन्छ।
स्तुपको शैलीमा निर्माण गरिएको यस भवनको उचाई २९ मिटर रहेको छ। स्तम्भरहित यस गोलघरको आधारको भित्ताको मोटाइ ३.६ मिटर छ। यसको वरिपरि घुमाउरो शैलीमा बनाइएका १४५ वटा खुड्किला चढेर जो कोहीले पनि यसको टुप्पोमा उक्लिन सक्दछन्। जहाँबाट शहर तथा गङ्गाको मनोरम दृश्यलाई नियाल्न सकिन्छ।
लोकप्रिय संस्कृतिमा[सम्पादन गर्नुहोस्]
गोलघरलाई सन् २०१९ को हिन्दी चलचित्र इण्डियाज मोस्ट वान्टेडमा देखाइएको छ।[१]
चित्रदीर्घा[सम्पादन गर्नुहोस्]
-
गोलघर, पटना, सन् १८८८ मा बनाइएको चित्र
-
गोलघर, पटना, १९औँ शताब्दीमा बनाइएको चित्र