घोडासैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घोडासैनी जैमिनि गोत्रीय ब्राह्मणहरूको थर हो । धेरै पहिले अछामको घोडासैनमा बसोबास गर्ने महादेव जोशी नाम गरेका महान् विद्वानको पुस्ता र वंशावली विभिन्न पुस्तकहरूमा पढ्न पाइन्छ । महर्षि जैमिनि वेदको पूर्वमिमांशा सूत्रका प्रणेता हुन् । उनको वर्णन विभिन्न शास्त्रहरूमा गरिएको छ । उनै भगवान् जैमिनिका सन्तान घोडासैनीहरू हुन् ।