डिजेल इन्जिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १८९७ मा बनाइएको म्युनिखको सङ्ग्रहालय राखिएको मूल डिजेल इन्जिन

डिजेल इन्जिन एक आन्तरिक दहन इन्जिन हो जसले एक बन्द कक्षमा हावालाई संकुचित गरेर उत्पन्न्न तापलाई उपयोग गरी इन्धनमा ज्वलन उत्पन्न गर्छ। यसलाई कम्प्रेसन-इग्निशन इञ्जिन पनि भनिन्छ। यसबाट प्राप्त मेकानिकल ऊर्जा (गति उर्जा) गाडी, जेनेरेटर र अन्य धेरै कामहरूमा प्रयोग हुन्छ। यसको खोज पेरिसमा जन्मिएका जर्मन मुलका इन्जीनियर रुडल्फ डिजेलले गरेका थिए। अन्य रसायनहरू बाहेक, यसले नाइट्रोजन र काला कणहरू दहनको उत्पादनको रूपमा उत्सर्जन गर्दछ, जसले प्रदूषणको जोखिम उत्पन्न गर्दछ।

यस इञ्जिनमा हावालाई दबाइन्छ, जसको कारण वायुकोको तापक्रम बढ्छ। यस पछि, डिजेल यसमा छिर्ने बित्तिकै, यो तापको कारणले डिजेल बल्न थाल्छ, जसले गर्दा अझ बढी ताप उत्पादन हुन्छ र त्यसले पिस्टनलाई धकेल्छ। यसकारण गति प्राप्त हुन्छ गरियो जुन गियरको सहयोगमा इच्छित कार्य गर्न प्रयोग गरिन्छ।

डिजल ईन्जिनबाट फाइदा[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

डीजल इञ्जिन डिजाइन[सम्पादन गर्नुहोस्]

सञ्चालन चक्र[सम्पादन गर्नुहोस्]

आदर्श डिजल चक्रको PV रेखाचित्र

डिजेल इन्जिनहरु चार स्ट्रोक वा दुई स्ट्रोक चक्रमा सञ्चालन गर्दछ। यसको अर्थ चार स्ट्रोक चक्र इञ्जिनमा पिस्टनको पूर्ण चार स्ट्रोक वा क्र्याक शाफ्टको दुई परिक्रमणको आवश्यकता पर्दछ, जबकि दुई स्ट्रोक चक्र इञ्जिनलाई केवल दुई स्ट्रोकहरू चाहिन्छ वा क्र्यांक शाफ्टको केवल एक परिक्रमण आवश्यकता पर्दछ। ।

चार स्ट्रोक चक्र ईन्जिन[सम्पादन गर्नुहोस्]

(१) सक्सन स्ट्रोक Suction Stroke- प्रवेश भल्भ खुल्लेछ र पिस्टन सिलिन्डरमा नयाँ हावा तान्छ।

(२) कम्प्रेसन स्ट्रोक Compression Stroke- प्रवेश भल्भ बन्द हुन्छ पिस्रटन सिलिन्डरमाहावा ५०० पाउण्ड प्रति वर्ग इन्च को चापमा दबाइन्छ ।

(३) शक्ति (पावर स्ट्रोक) Power Stroke- कम्प्रेसन स्ट्रोकको अन्तमा ईन्धन ईन्जेक्शन गरिन्छ। यो डिजेल तुरुन्त प्रज्वलित हुन्छ र त्यसपछि फैलिन्छ। फैलिएपछी शक्ति उत्पन्न भएर पिस्टनलाई धकेल्छ।

(४) निकास (एक्जस्ट स्ट्रोक) Exhaust Stroke- अब निकास भल्भ खुल्छ र पिस्टनले जलेको ग्यासलाई सिलिण्डरबाट बाहिर निकाल्छ।

यो चक्र बारम्बार जारी रहन्छ।

सुरक्षा[सम्पादन गर्नुहोस्]

इन्धन ज्वलनशीलता[सम्पादन गर्नुहोस्]

डिजेल इन्धन पेट्रोलको तुलनामा कम ज्वलनशील हुन्छ, किनभने यसको फ्ल्यास पोइन्ट ५५  °सेल्सियस हुन्छ,[१][२] जसले गर्दा डिजेल इन्जिनको सवारी साधनमा इन्धनको कारण आगो लाग्ने जोखिम कम हुन्छ।

डिजेल इन्धनले सही परिस्थितिमा विस्फोटक हावा/वाष्प मिश्रण सिर्जना गर्न सक्छ। यद्यपि, पेट्रोलको तुलनामा, यसको कम वाष्प चापको कारण यो कम प्रवण छ, जुन वाष्पीकरण दरको संकेत हो। अल्ट्रा-लो सल्फर डिजेल इन्धनको लागि Material Safety Data Sheet ( Material Safety Data Sheet)[३]ले घर भित्र, बाहिर, वा ढलमा डिजेल इन्धनको लागि वाष्प विस्फोटको खतरालाई संकेत गर्दछ।

क्यान्सर[सम्पादन गर्नुहोस्]

डिजेल निकास (Exhaust)लाई IARC समूह 1 कार्सिनोजेनको रूपमा वर्गीकृत गरिएको छ। यसले फोक्सोको क्यान्सर निम्त्याउँछ र मूत्राशयको क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित छ।[४]

इन्जिन रन अवे (अनियन्त्रित ओभरस्पीडिङ)[सम्पादन गर्नुहोस्]

उपयोग[सम्पादन गर्नुहोस्]

यात्रु कार[सम्पादन गर्नुहोस्]

व्यावसायिक सवारी साधन र लरीहरू[सम्पादन गर्नुहोस्]

१८९३ मा, रुडोल्फ डीजलले सुझाव दिए कि डिजेल इन्जिनले "वागन" (लरी) लाई शक्ति प्रदान गर्न सक्छ।[३] डिजेल इन्जिनको साथ पहिलो लरीहरू १९२४ मा बजारमा ल्याइए। [५]

लवे रोलिङ स्टक[सम्पादन गर्नुहोस्]

वाटरक्राफ्ट[सम्पादन गर्नुहोस्]

उड्डयन[सम्पादन गर्नुहोस्]

गैर-सडक डिजेल इन्जिनहरू[सम्पादन गर्नुहोस्]

गैर-सडक डिजेल इन्जिनहरू सामान्यतया निर्माण उपकरण र कृषि मेसिनरीहरूको लागि प्रयोग गरिन्छ। इन्धन दक्षता, विश्वसनीयता र मर्मतसम्भारको सहजता यस्ता इन्जिनहरूको लागि धेरै महत्त्वपूर्ण छन्, जबकि उच्च शक्ति उत्पादन र शान्त सञ्चालन नगण्य छन्।

स्थिर डिजेल इन्जिनहरू[सम्पादन गर्नुहोस्]

भविष्यका विकासहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Richard van Basshuysen (ed.), Fred Schäfer (ed.): Handbuch Verbrennungsmotor: Grundlagen, Komponenten, Systeme, Perspektiven, 8th edition, Springer, Wiesbaden 2017, आइएसबिएन ९७८-३-६५८-१०९०१-१. p. 1018
  2. A. v. Philippovich (auth.): Die Betriebsstoffe für Verbrennungskraftmaschinen. In: Hans List (ed.): Die Verbrennungskraftmaschine. Vol. 1. Springer, Wien 1939, आइएसबिएन ९७८-३-६६२-२७९८१-६. p. 42
  3. ३.० ३.१ "MSDS Low Sulfur Diesel #2.doc", मूलबाट जुलाई १५, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २१, २०१० 
  4. "IARC: Diesel Engine Exhaust Carcinogenic" (Press release), International Agency for Research on Cancer (IARC), मूलबाट सेप्टेम्बर १२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १२, २०१२, "June 12, 2012 – After a week-long meeting of international experts, the International Agency for Research on Cancer (IARC), which is part of the World Health Organization (WHO), today classified diesel engine exhaust as carcinogenic to humans (Group 1), based on sufficient evidence that exposure is associated with an increased risk for bladder cancer" 
  5. Helmut Tschöke, Klaus Mollenhauer, Rudolf Maier (ed.): Handbuch Dieselmotoren, 8th edition, Springer, Wiesbaden 2018, आइएसबिएन ९७८-३-६५८-०७६९६-२, p. 10