तुलसी महत्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुलसी पूजा

'तु'- तुरीय अवस्था ज्ञानको प्रतीक राम, 'ल'को अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक पञ्चत�वको 'शरीर' हो। 'सी'को अर्थ मानव हृदय भावनाको प्रतीक भक्तिसीता हो। यसैले 'तुलसी'को शाब्दिक विश्लेषण हुन आउछ - ज्ञान, वैराग्य भक्ति र भक्तिको प्रतीक मानव जीवन |ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहीरूपमा प्रयोगको अर्थ नै 'तुलसी'को शाब्दिक अर्थ हुनआउाछ। ब्रहृमवैवर्तन पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू- वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन्। प्रत्येक नामका पछाडि नामले दिने अर्थ पनि रहेको छ, जसमध्ये विश्वपूजिता र विश्वपावनीको अर्थ हुन्छ- सबैबाट पूजित र सबैको लागि हितकारी वनस्पतिमध्ये तुलसी, श्रीखण्ड, कुश, आदिको वर्णन स्वयं देवताहरू पनि गर्न सक्तैनन्। आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्टस्थान रहेको छ |भारतिय उपमहाद्दिपमा यसको दुई प्रजाति उल्लेख्य रहेको छ। तुलसीलाई भगवान विष्णुको अर्धाङ्गिनि महालक्ष्मीको रूपमा पुजिने गरिन्छ| चिकित्सामा तुलसी चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्व का छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ। तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ| तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन्। बिहानै तुलसीको पूजनले, तुलसीको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको समिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घजीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ। यहासम्म कि तुलसी एउटा महाऔषधि भएकाले मृत्युका मुखमा परेका बिरामीहरूलाई पनि घाटका चिकित्सकहरूले मुखमा तुलसी राखिदिन प्रेरणा दिन्छन्। मृत्युपश्चात् पुनः देह निर्माणको प्रतीकस्वरूप पिण्ड, श्राद्वादि कार्य र दिवङ्गत पितृहरूले आफन्तहरूबाट प्राप्त गर्ने खानाको विश्वास स्वयं दिइएको पिण्डमा तुलसीको मञ्जरी राख्ने गरिन्छ भने देवकार्यमा अर्पण गरिने नैवेद्यहरूमा तुलसी नराख्दा विषाक्त र जूठोरूपमा लिइन्छ। अघिपछि दैनिकी हाम्रा खाद्य पदार्थहरूमा पनि तुलसीको प्रयोग गरी निर्विषाक्त पार्ने प्रयास गरिएको हुन्छ। विभिन्न कारणबाट खानाका पदार्थहरू जमीनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म मन, वचन र मानिसको क्रोध, आवेग, तनावका कारण पनि खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन्। तिनलाई निर्विषाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो। यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ। तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो। हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसाग लड्ने क्षमता भएको कुरा पुष्टिभएको छ।

स्रोत[सम्पादन गर्नुहोस्]