नेपालको सैन्य दर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली सेनाको सैन्य दर्जा संकृत शब्दबाट लिइएका छन् ।

दर्जा[१][सम्पादन गर्नुहोस्]

समकक्षी OF-10 OF-9 OF-8 OF-7 OF-6 OF-5 OF-4 OF-3 OF-2 OF-1 OF(D) and student officer
नाटो कोड
नेपाल '''No insignia'''
General of the Army en:Lieutenant General Major General en:Brigadier General Colonel en:Lieutenant Colonel en:Major en:Captain en:Lieutenant en:Second Lieutenant en:Officer cadet
जनरल लेफ्टिनेन्ट जनरल मेजर जनरल ब्रिगेडियर कर्णेल मेजर लेफ्टिनेन्ट
महारथी (प्रधानसेनापती) रथी उपरथी सहायक रथी महासेनानी प्रमुख सेनानी सेनानी सहसेनानी उपसेनानी सहायक सेनानी अधिकृत क्याडेट

इतिहास[सम्पादन गर्नुहोस्]

पृथ्वीनारायण शाहको समयमा काजी, सरदार, कपरदार, जस्ता थिए । भीमसेन थापाको समयमा सेनाको पश्चिमीकरण गरियो, जर्नल, कर्नल, कप्तान जस्ता पदहरू सिर्जना गरिए । यद्यपि, काजी, बडा काजी, सरदार जस्ता पदहरू अनि यथावत् थिए ।

राणाकाल[सम्पादन गर्नुहोस्]

राणाकालमा नेपाली सेनामा प्रचलनमा रहेका सैनिकपदहरु: [२]

  1. श्री ३ महाराज प्रधानमन्त्री तथा सर्वोच्च प्रधानसेनापति  
  2. कम्याण्डर–इन–चीफ,  
  3. जङ्गीलाठ,  
  4. जनरल,  
  5. मेजर जनरल,  
  6. कम्याण्डर कर्णेल,  
  7. चीफ कर्णेल
  8. लेफ्टिनेण्ट कर्णेल
  9. मेजर क्याप्टेन
  10. क्याप्टेन
  11. मेजर एडजुटेन्ट
  12. लप्टन
  13. खरिदार
  14. सुबेदार इन्साइन
  15. जमादार
  16. कोते
  17. लैन जमादार सरजङ्ग
  18. हवल्दार
  19. अमलदार
  20. वहिदार
  21. सिपाही
  22. पिपा जमदार
  23. पिपा
  24. खलासी जमदार
  25. खलासी
  26. बन्दर नायक
  27. पिपा खलासी हवल्दार

प्रजातन्त्र पश्चात[सम्पादन गर्नुहोस्]

राजा त्रिभुवनको समयमा सेनाको आधुनुकिकरणको लागि भारतबाट टिम पनि आएको थियो ।  बि.सं.२००८ चैत अन्तिममा भारतीय सेनाका मेजर जनरल वाइ एस परान्जपे नेतृत्वमा २० जना अधिकृत, १७ जना जुनियर कमिसन अफिसर र १२० जना अन्यदर्जा समेत १५७ जना नेपाली सेनालाइ आधुनिकीकरण र समयानुकुल तालिम, सेनाको पुनर्गठन, पुनःसंरचनाको लागि नेपाल आए । सो टोलीले नेपाली सेनाको तालिम, संगठन, नीति र व्यवस्थामा सुझाव, सल्लाह दियो । सो टोलीको सल्लाहमा नेपाली सेनाका सैनिक पदसमेत परिमार्जन गरियो । बि.सं.२०१० माघसम्ममा नेपाली सेनामा कम्याण्डर–इन–चीफ, कम्याण्डिङ्ग जनरल, लेफ्टिनेण्ट जनरल, मेजर जनरल जस्ता सैनिक पद सृजना गरियो ।[२]

बि.सं.२०२० पछि[२] प्रधानसेनापति निरशमशेरको पालामा नेपाली सेना र नेपाल प्रहरीका दर्जामा संस्कृतीकरण घुसाइएको थियो । यसमा हिन्दु पुरातनवादी पक्ष हाबी भएको मानिन्थ्यो । त्यतिबेलै प्रशासनका साथै सुरक्षा अंगमा सबै चीजको नाम फेर्ने प्रचलन पनि सुरु भएको हो । नेपाल प्रहरीको उच्च दर्जालाई आईजीपी भन्ने गरिन्थ्यो तर प्रहरी महानिरीक्षकबाट बोलाउन थालियो । नेपाली सेनामा पनि राजालाई सुपि्रम कमान्डर इनचिफको सट्टा परमाधिपति भनेर संस्कृतीकरण गरियो । चारतारे मुख्य जनरल कमान्डर इन-चिफलाई प्रधानसेनापति, तीनतारे जनरललाई लेफ्टिनेन्ट जनरलको सट्टा रथी, मेजर जनरललाई उपरथी, बि्रगेडियर जनरलको सट्टा सहायक रथी भनेर संस्कृतीकरणको सम्बोधन थालियो ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nepali Army, "Nepali Army Rank Structure", Nepalarmy.mil.np, Nepali Army, अन्तिम पहुँच २५ अगस्ट २०१८ 
  2. २.० २.१ २.२ थापा, माेहन (१९ भाद्र २०७९), "इतिहासको पानाबाट : यसरी सुरु भयो मानार्थ महारथीको सम्मान", NewsPolar 
  3. उक्याब, ताम्ला (२७ भाद्र २०७६), "राजा महेन्द्रका रणनीतिकार", Nepal Magazine