परशु प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परशु प्रधान
परशु प्रधान
जन्मपरशुराम श्रेष्ठ
(1944-02-12) १२ फेब्रुअरी १९४४ (उमेर ८०)
भोजपुर, नेपाल
वासस्थाननयाँबानेश्वर, काठमाडौँ, काठमाडौँ महानगरपालिका, नेपाल
राष्ट्रियतानेपालनेपाली
जातीयतानेवार
नागरिकतानेपाली
शिक्षाएम.ए. नेपाली, राजनीतिशास्त्र
पेशानोकरी, लेखन
चिनारीको कारणकथा, उपन्यास
उल्लेखनीय कार्य
परशुका प्रतिनिधि कथाहरू - कथा संगह
गृहनगरकाठमाडौँ
जीवनसाथीकल्पना प्रधान
पुरस्काररत्नश्री स्वर्ण पदक २०३१

परशु प्रधान (वि.सं. २००० - २०८० चैत्र ५ ) नेपाली भाषाका एक महान् साहित्यकार हुन्। परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम इन्दिरा प्रधान हो । उनले विशेषसरि गद्य अर्थात् कथा उपन्यास निबन्ध लगायतका विधामा कलम चलाएका छन् ।

पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना - वि.सं. २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारी मा “हाँसेकी ती चन्द्रमा” शीर्षकमा प्रकाशित भएको थियो । नेपाली कथा र बालकथाका क्षेत्रमा परशु प्रधानको नाम अग्रणी स्थानमा रहेको छ । उनका कथाको शैली सरल र सरस भएकाले पनि सबैलाई मन पर्छन् । निबन्ध, समीक्षामा पनि उनले कलम चलाएका छन् । विराटनगरमा उनले वाणी प्रकाशन भन्ने संस्था खोलेर धेरैलाई साहित्यमा लगाउने काम गरेका छन् । उनले अङ्ग्रेजी भाषामा पनि लेखेका छन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

परशु प्रधान साहित्यकारका साथसाथै राष्ट्रिय समाचार समितिको जागिरे पनि थिए । पछि उनी साझा प्रकाशनको जागिरे पनि भए । २०२६ सालदेखि उनी प्रशासन सेवामा लागे ।

वि.सं २०१४ सालमा भोजपुरको विद्योदय हाइस्कूलबाट एसएलसी पास गरेका परशु प्रधानले कलेजको मुखै नदेखिकन प्राइभेट विद्यार्थी भएर बिए पास गरेका हुन् । उनले नेपाली विषयमा र राजनीतिशास्त्र विषयमा एम ए सम्मको अध्ययन गरेका छन् । उनले २०२० सालमा साहित्यकार कल्पना प्रधानका रूपमा चर्चित जानुकादेवी रेग्मीसँग भागी प्रेम विवाह गर्नुभएको थियो । त्यो बेला जात नमिलाई बिहे गर्दा १२ वर्ष जेल सजाय हुने भएकाले केही वर्ष बनारस बस्नु परेको थियो ।

उनले जागिरबाट २०५१ सालमा अवकाश लिए पनि निरन्तर नेपाली साहित्यको सेवामा लागिरहे । उनको देहावसान वि.सं. २०८० साल चैत्र ५ गते भयो । उनको निधनपछि ‘परशु–कल्पना स्रष्टा सम्मान’ घोषणा गरिएको छ । नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टालाई एक लाख १०१ रुपैयाँ नगद राशिसहितको परशु–कल्पना स्रष्टा सम्मान प्रदान गरिन्छ ।

कृतिहरू[सम्पादन गर्नुहोस्]

परशु प्रधानको ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।

उहाँका ‘आकाश विभाजित छ’ र ‘विसर्ग’ दुई वटा उपन्यास प्रकाशित छन् । बाल साहित्यमा पनि उहाँको कलम चलेको छ । नानीको कथा, सुनको छाती, रीताको स्कुल लगायतका संग्रह प्रकाशित छन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]