पोरबन्दर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोरबन्दर जिल्ला
कीर्ति मन्दिर, महात्मा गान्धीको जन्मस्थान
नक्सा
पोरबन्दर जिल्ला
गुजरातमा पोरबन्दर जिल्लाको स्थानको अवस्थिति
गुजरातमा पोरबन्दर जिल्लाको स्थान
निर्देशाङ्क: २१°३८′ उत्तर ६९°३६′ पूर्व / २१.६३° उत्तर ६९.६° पूर्व / 21.63; 69.6
देश भारत
राज्यगुजरात
क्षेत्रसौराष्ट्र
मुख्यालयपोरबन्दर
क्षेत्रफल
 • जम्मा२३१६ किमी (८९४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा५८५४४९
 • घनत्व२५०/किमी (६५०/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकगुजराती, हिन्दी, सिन्धी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटporbandar.gujarat.gov.in

पोरबन्दर जिल्ला भारतीय गुजरातको एउटा जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २,३१६ वर्ग किलोमिटर रहेको छ। सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५,८५,४४९ रहेको छ जसमध्ये ४८.७७% सहरी थिए। यो जिल्ला जूनागढ जिल्लाबाट छुट्याइएको थियो। यो काठियावाड प्रायद्वीपमा अवस्थित छ। पोरबन्दर सहर यस जिल्लाको प्रशासनिक मुख्यालय हो। यस जिल्लालाई उत्तरमा जामनगर जिल्ला र देवबूमी द्वारका, पूर्वमा जुनागढ जिल्लाराजकोट जिल्ला तथा पश्चिम र दक्षिणमा अरब सागरले घेरेको छ।[१]

पोरबन्दर महात्मा गान्धीको जन्मस्थान हो। महाभारतमा कृष्णका बाल्यकालका मित्र सुदामाको जन्मथलोका रुपमा पनि पोरबन्दरको उल्लेख गरिएको छ। श्रीमद्भागवतको स्कंद पुराणको सुदामा चरित्रमा पौराणिक सन्दर्भअनुसार वर्तमान पोरबन्दर शहरको नाम देवी पोरवको नाममा राखिएको थियो र यो अस्मावती नदीको किनारमा अवस्थित थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. US Directorate of Intelligence, "Country Comparison:Population", मूलबाट जुन १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१०-०१, "Solomon Islands 571,890 July 2011 est."  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२७ मिति
  2. Fischer, Louis (१९५४), Gandhi:His life and message for the world, Mentor, आइएसबिएन 9781101665909