फलेवास नगरपालिका
फलेवास
Phalewas | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | पर्वत जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | नगर कार्यपालिका |
• मेयर | गङाधर तिवारि ,नेपाली काङ्ग्रेस (एमाले) |
• उपमेयर | शोभ क्षेत्री (नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) |
• कार्यकारी | चिन्तामणी शर्मा |
क्षेत्रफल | |
• जम्मा | ८५.७० किमी२ (३३.०९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,६८७ |
• घनत्व | २९०/किमी२ (७५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको खानीगाउँ गाविसको कार्यालय |
वेबसाइट | http://www.phalewasmun.gov.np/ |
फलेवास नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भंगरा, कुर्घाको वडा नम्बर १ देखि ६ र ९, तथा पाङराङ गाउँ विकास समितिहरूलाई समेटेर फलेवास नगरपालिका बनाइएको हो ।[३] फलेवास नगरपालिकाको कूल जनसङ्ख्या २४,६८७ रहेको छ । यसको क्षेत्रफल ८५.७० वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको खानीगाउँ गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा कुश्मा नगरपालिका तथा दक्षिणमा महाशिला, विहादी गाउँपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ ।[४]
फलेवास नगरपालिका अन्तर्गत रहेका वडा कार्यलयहरु[सम्पादन गर्नुहोस्]
- वडा नं. १ - कर्किनेटा
- वडा नं. २ - थापाठाना
- वडा नं. ३ - शंकरपोखरी
- वडा नं. ४ - मुडिकुवा
- वडा नं. ५ - खानीगाउँ
- वडा नं. ६ - देवीस्थान
- वडा नं. ७ - लिमिठाना
- वडा नं. ८ - ठानामौला
- वडा नं. ९ - भंगरा
- वडा नं. १० - कुर्घा
- वडा नं. ११ - पाङराङ
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।