फिलिप किन्ड्रेड डिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिलिप किन्ड्रेड डिक
सन् १९६० मा, डिक
सन् १९६० मा, डिक
जन्मफिलिप किन्ड्रेड डिक
(१९२८-१२-१६)डिसेम्बर १६, १९२८
सिकागो, इलिनोई, अमेरिका
मृत्युमार्च २, १९८२(1982-03-02) (उमेर ५३)
सन्ता आना, क्यालिफोर्निया, अमेरिका
साहित्यिक नाम
  • रिचर्ड फिलिप्स
  • ज्याक डोल्यान्ड
पेशालेखक: उपन्यासकार, लघुकथा लेखक, र नाटककार
अवधिसन् १९५१–१९८२
विधाविज्ञान कथा, कपोकल्पना
साहित्यिक आन्दोलनउत्तर आधुनिकतावाद
उल्लेखनीय कार्यहरू
जीवनसाथी
  • जेनेट मार्लिन
    (
    वि १९४८; सवि १९४८)
  • क्लियो एपोस्टोलिड्स
    (
    वि १९५०; सवि १९५९)
  • एन विलियम्स रुबिनस्टेन
    (
    वि १९५९; सवि १९६५)
  • नेन्सी ह्याकेट
    (
    वि १९६६; सवि १९७२)
  • लेस्ली "टिसा" बुस्बी
    (
    वि १९७३; सवि १९७७)
बच्चाहरू

हस्ताक्षर

फिलिप किन्ड्रेड डिक (१६ डिसेम्बर १९२८ – २ मार्च १९८२) एक अमेरिकी विज्ञान कथा लेखक तथा उपन्यासकार थिए।[१] उनले ४४ उपन्यास र लगभग १२१ लघुकथाहरू लेखेका थिए, जसमध्ये अधिकांश उनको जीवनकालमा विज्ञान कथा पत्रिकाहरूमा प्रकाशित भएका थिए।[२] उनको उपन्यासले वास्तविकताको प्रकृति, धारणा, मानव स्वभाव र पहिचान जस्ता विभिन्न दार्शनिक र सामाजिक प्रश्नहरूको अन्वेषण गर्न सफल भएको थियो। उनले आफ्ना कृतिहरूमा सामान्यतया वैकल्पिक वास्तविकता, भ्रामक वातावरण, एकाधिकारका निगम, लागूपदार्थको दुरुपयोग, अधिनायकवादी सरकार, र चेतनाको परिवर्तित अवस्थाहरू जस्ता तत्वहरूको विरुद्ध सङ्घर्ष गर्ने पात्रहरू चित्रण गरेका छन्।[३][४] उनलाई २०औँ शताब्दीको विज्ञान कथामा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू मध्ये एक मानिन्छ। [५]

सिकागोमा जन्मेका डिक सानै उमेरमा आफ्नो परिवारसँग सान फ्रान्सिस्को खाडी क्षेत्रमा बसाइँ सरेका थिए। उनले सन् १९५२ मा २३ वर्षको उमेरमा विज्ञान कथाका कथाहरू प्रकाशन गर्न सुरु गरेका थिए। उनले प्रारम्भिक चरणहरूमा थोरै व्यावसायिक सफलता प्राप्त गरेका थिए।[६] उनको वैकल्पिक इतिहास उपन्यास द म्यान इन द हाइ क्यासल (सन् १९६२) प्रकाशित गरेपछि उनको चर्चा चुलिएको थियो। उक्त उपन्यासले ३३ वर्षको उमेरमा सर्वश्रेष्ठ उपन्यासको लागि ह्युगो पुरस्कार प्राप्त गर्न सफल भएको थियो।[७] उनले विज्ञान कथा उपन्यासहरू डु एन्ड्रोइड ड्रिम अफ इलेक्ट्रिक सिप? (सन् १९६८) र युबिक (सन् १९६९) मा प्रकाशित गरेका थिए। उनको सन् १९७४ को उपन्यास फ्लो माई टियर्स, द पोलिसम्यान सेड उत्कृष्ट विज्ञान कथा उपन्यासको लागि जोन डब्ल्यू क्याम्पबेल स्मारक पुरस्कार हासिल गरेको थियो।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Young, Molly (अक्टोबर २६, २०२२), "The Essential Philip K. Dick - A nuclear-strength imagination powered his stupendous output. Here's where to start.", The New York Times, मूलबाट अक्टोबर २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २०२२ 
  2. Kimbell, Keith, "Ranked: Movies Based on Philip K. Dick Stories", Metacritic, मूलबाट मार्च ८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मार्च ८, २०१३ मिति
  3. O'Reilly, Seamus (अक्टोबर ७, २०१७), "Just because you're paranoid ... Philip K Dick's troubled life", The Irish Times, मूलबाट अगस्ट ९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०२० 
  4. Dancey-Downs, Katie (जुलाई २३, २०२२), "8 facts about Philip K. Dick", Salon.com, मूलबाट जुलाई २३, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २३, २०२२ 
  5. "Philip K. Dick", Museum of Pop Culture (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-३१ 
  6. Liukkonen, Petri, "Philip K. Dick", Books and Writers (kirjasto.sci.fi), Finland: Kuusankoski Public Library, मूलबाट अप्रिल २५, २००७-मा सङ्ग्रहित। 
  7. "1963 Award Winners & Nominees", Worlds Without End, मूलबाट जुलाई ३०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २००९ 
  8. "1975 Award Winners & Nominees", Worlds Without End, मूलबाट अप्रिल १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २००९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]