भानुभक्तीय रामायणका पाठभेदहरू
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– महत्वहीन पुस्तक–पूरा गर्नसक्छ। मान्य मापदण्डको लागि, हेर्नुहोस् शिमे।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: ००:०७, ३ मे २०२४ (UTC) (५ घण्टा समय) |
मतिप्रसाद ढकालले तयार गरेको “भानुभक्तीय रामायणका पाठभेदहरू” नामक अनुसन्धानात्मक पुस्तक कमलमणि दीक्षितले २०६३ माघमा प्रकाशनमा ल्याएका हुन् । दुई खण्डमा विभक्त यस पुस्तकको पहिलो खण्डमा द्रष्टागत पाँच लेखहरू समावेश गरिएका छन्‚ जसमा सूर्यविक्रम ज्ञवाली‚ कमल दीक्षित‚ शिवराज आचार्य‚ रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’ र मुक्तिनाथ आचार्यले औल्याएका पाठभेदहरूको समीक्षा गरिएको छ । त्यस्तै दोस्रो खण्डमा हस्तलिखित रामायण‚ बालकाण्डको सर्वप्रथम संस्करण‚ डमरुवल्लभ संस्करण‚ विष्णुमाया संस्करण‚ साझाको संस्करण र भानुभक्तीय रामायणेतर रचनाका पाठभेदहरूको समीक्षात्मक अध्ययन प्रस्तुत गरिएको छ । यसमा सङ्कलित ११ लेखहरूमा भानुभक्तीय रामायणका ५८८ र रामायणेतर रचनाका २०६ ओटा पाठभेदहरूको अध्ययन प्रस्तुत गरिएको छ ।