भेडामारा उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भेडामारा
ভেড়ামারা
उपजिल्ला
भेडामारा is located in बङ्गलादेश
भेडामारा
भेडामारा
बङ्गलादेशको नक्शामा भेडामारा उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°१′उ॰ ८८°५९.५′पू॰ / २४.०१७°N ८८.९९१७°E / 24.017; 88.9917निर्देशाङ्कहरू: २४°१′उ॰ ८८°५९.५′पू॰ / २४.०१७°N ८८.९९१७°E / 24.017; 88.9917
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लाकुष्टिया जिल्ला
क्षेत्रफल
 • जम्मा१५३.७२ किमी (५९.३५ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१)
 • जम्मा२००,०८४
 • घनत्व१३००/किमी (३४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटwww.bheramara.net

भेडामारा (बङ्गाली: ভেড়ামারা) बङ्गलादेशको कुष्टिया जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

भेडामारा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°५९' देखि २४°०७' उत्तर अक्षांश र ८८°००' देखि ८९°१२' पूर्वी देशान्तरणमा अवस्थित छ। भेडामारा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५३.७२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई लालपुर उपजिल्लाले उत्तर, मिरपुर उपजिल्लाले दक्षिण, ईश्वरदी उपजिल्लाले पूर्व र दौलतपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, दामोदर बिल आदि यस उपजिल्लाका प्रमुख नदीहरू हुन्।[२][३]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १७५६७७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९००१० छ भने महिलाको जनसङ्ख्या ८५६६७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७१३८६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४२०६, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४९ रहेको छ। यस उपजिल्लामा ६२० मस्जिद, १० मन्दिर र २ चिहान रहेको छ। यस उपजिल्लाका ९२.५६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.११% ले पोखरी, १.६% ले टुटी र ५.७३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये १४.१६% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ८ परिवार नियोजन केन्द्र र १ सामुदायिक स्वस्थ्य संस्थाहरू रहेका छन्।[४]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, पानको पात, खैनी, उखु, मकै लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, खरबुजा, मेवा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया खैनी, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ८० माछापालन केन्द्र, ५९ कुखुरापालन केन्द्र तथा ५ दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४६.५७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ६.२६%, वाणिज्यमा १७.६२%, सञ्चार र यातायातमा ४.३६%, उद्योगमा २.१२% निर्माण क्षेत्रमा १.९१%, सुविधामा ९.२५%, धार्मिक सेवामा ०.१६%, वैदेशिक रोजगारी तथा भाडामा ०.५६% र अन्यमा ११.१९% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय भेडामारा थानाको स्थापना सन् १९०६ मा भएको थियो भने सन् १९८३ नोभेम्बर ७ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो।[५] हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्, ५९ मौजा/महल्ला र ७४ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; चाँदग्राम सङ्घ परिषद्, जुनियादह सङ्घ परिषद्, धरमपुर सङ्घ परिषद्, बाइरचर सङ्घ परिषद्, बाहादुरपुर सङ्घ परिषद् र मोकारिमपुर सङ्घ परिषद्।[६]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४२.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.६% छ भने महिलाको साक्षरता दर ४०.३% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, २७ माध्यमिक विद्यालय, ५५ प्राथमिक विद्यालय र ८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; भेडामारा पाइलट उच्च विद्यालय, जुनियादह माध्यमिक विद्यालय (सन् १८७२), बाहादुरपुर माध्यमिक विद्यालय, भेडामारा नमुनम प्राथमिक विद्यालय (सन् १८६९) आदि।[७][८]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Arif Nisir (२०१२), "Bheramara Upazila", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh 
  2. "भेडामारा उपजिल्लाको आधिकारिक नक्शा", म्याक कार्टा 
  3. "भेडामारा उपजिल्लाको मौसमी जानकारी", वेदर 
  4. "भेडामारा सहर", विकि म्यापिया 
  5. "बङ्गलमदेशका उपजिल्लाहरू", द फुल विकी  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०८ मिति
  6. "कुष्टिया जिल्लाका उपजिल्लाहरू", काबिरहाट 
  7. "ভেড়ামারা উপজেলা", বাংলাপিডিয়া 
  8. "भेडामारा क्याम्पस", बङ्गलादेश