मनिहारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनिहारी
सहर
मनिहारी is located in बिहार
मनिहारी
मनिहारी
बिहारको नक्सामा मनिहारी
निर्देशाङ्क: २५°२१′N ८७°३८′E / २५.३५°N ८७.६३°E / 25.35; 87.63निर्देशाङ्कहरू: २५°२१′N ८७°३८′E / २५.३५°N ८७.६३°E / 25.35; 87.63
देश भारत
राज्यबिहार
जिल्लाकटिहार
उन्नतांश
३१ मिटर (१०२ फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२६,६२९
भाषाहरू
 • आधिकारिकअङ्गिका, हिन्दी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
८५४११३
लोक सभा निर्वाचन क्षेत्रकटिहार
वेबसाइटkatihar.bih.nic.in

मनिहारी भारतको बिहार राज्यको कटिहार जिल्लाको एउटा सहर र अधिसूचित क्षेत्र हो।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

मनिहारी २५.३५° उत्तर र ८७.६३° पूर्वमा अवस्थित छ।[२] यसको औसत उचाइ ३१ मिटर (१०१ फिट) छ। यो स्थान मनिहारी घाटको लागि प्रख्यात छ, जसले यसलाई गङ्गा नदीको दक्षिणी किनारमा रहेको सक्रिगली घाटसँग जोड्दछ।

यो सहर गङ्गा नदीको उत्तरी किनारमा अवस्थित छ जहाँ यो कोशी नदीसँग मिल्छ। यो सहर प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गर्दछ। मनिहारी बिहारझारखण्ड राज्य बीचको एउटा सानो सीमावर्ती सहर हो। साहेबगन्ज झारखण्डको जिल्ला सहर हो जुन मनिहारीदेखि ९ किलोमिटरको (नटिकल माइल) दूरीमा छ। यहाँ नियमित डुङ्गा तथा स्वचालित नाउ सेवा उपलब्ध छ।

मनिहारी घाट[सम्पादन गर्नुहोस्]

गङ्गामाथि फरक्का ब्यारेज निर्माण हुनुअघि कोलकाताबाट दार्जिलिङ वा उत्तर बङ्गाल जाने मानिसहरू ब्रोडगेज रेलमा सक्रिगली घाटसम्म गएर त्यसपछि स्टिमरमा गङ्गा पार गर्ने गर्दथे। मनिहारी घाटमा नदीको अर्को छेउमा आवातजावत गर्ने मानिसहरू मिटर गेज ट्रेन चढेर सिलिगुडी जाने गर्थे। सन् १९७५ मा फराक्का ब्यारेज सञ्चालनमा आएपछि (ब्यारेजमा ब्रोड गेज रेल लाइन छ), यो मार्ग निस्क्रिय भइसकेको छ। मनिहारी घाटलाई साहेबगन्जसँग जोड्ने फेरी सेवा अझै सञ्चालानमा छ।

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

सन् २०११ को भारतको जनगणना अनुसार मनिहारीको जनसङ्ख्या २६,६२९ रहेको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. MANIHARI Pin Code, Search MANIHARI KATIHAR PinCode. Citypincode.in. Retrieved on 2020-02-27.
  2. Falling Rain Genomics, Inc - Manihari. Fallingrain.com. Retrieved on 2020-02-27.
  3. "Census of India 2011", Census Commission of India, अन्तिम पहुँच २०१६-०९-३०