महानगर टेलिफोन निगम लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महानगर टेलिफोन निगम लिमिटेड
पूर्व नाम
बम्बई टेलिफोन लिमिटेड
पूर्व प्रकार
सहायक कम्पनी
आइएसआइएनUS5597784025 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापित१ अप्रिल १९८६; ३८ वर्ष पहिले (१९८६-०४-01)[१]
स्थापनाकर्ताभारत सरकार
बन्दभारत सञ्चार निगम लिमिटेडसँग गाभिएको
केन्द्रीय कार्यालयमहानगर दूरसञ्चार सदन,, लोधि सडक, ,
सेवाहरू क्षेत्र
मुख्य व्यक्ति
पिके पुरवर, भारतीय दूरसञ्चार सेवा
(अध्यक्ष र महाप्रबन्धक)[४]
उत्पादनहरू
आम्दानीह्रास १,७९८.४१ करोड (युएस$२५० मिलियन)[५] (सन् २०२१)
परिचालन आय
ह्रास −२,४५१.७९ करोड (युएस$−३४० मिलियन)[५] (सन् २०२१)
ह्रास −२,४५१.७९ करोड (युएस$−३४० मिलियन)[५] (सन् २०२१)
कुल सम्पत्तिह्रास १३,३५०.७५ करोड (युएस$१.९ बिलियन)[५] (सन् २०२१)
कुल इक्विटीह्रास −१६,०३९.८८ करोड (युएस$−२.२ बिलियन)[५] (सन् २०२१)
मालिकसञ्चार मन्त्रालय, भारत सरकार
कर्मचारी सङ्ख्या
३,५७४ (फेब्रुअरी २०२३)
विभाग
वेबसाइट

महानगर टेलिफोन निगम लिमिटेड भारतमा एक 'नवरत्न' श्रेणीको सार्वजनिक क्षेत्रको उपक्रम हो जुन दूरसञ्चार विभाग, सञ्चार मन्त्रालय, भारत सरकारको स्वामित्वमा रहेको छ। यसको प्रधान कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ।[६] एमटिएनएलले भारतको मुम्बईनयाँ दिल्ली र अफ्रिकाको टापु राष्ट्र मौरिससमा सेवा प्रदान गर्दछ। सन् १९९२ मा अन्य सेवा प्रदायकका लागि दूरसञ्चार क्षेत्र खुला हुँदासम्म मुम्बई र नयाँ दिल्लीमा यसको एकाधिकार थियो। भारत सञ्चार निगम लिमिटेडसँग हाल यसको १००% सेयर रहेको छ।[७] .[८][९] जुन २०२१ सम्म, यसको ३२ लाख ८० हजार ग्राहकहरू थिए।[१०] यो केन्द्रीय सार्वजनिक क्षेत्रको एकाइको पूर्ण स्वामित्वको सहायक कम्पनी पनि हो।

इतिहास[सम्पादन गर्नुहोस्]

बम्बई टेलिफोनको स्थापना सन् १८८२ मा भएको थियो।[३] मुम्बईमा पहिलो टेलिफोन एक्सचेन्ज २८ जनवरी १८८२ मा सञ्चालनमा आएको थियो। दिल्लीको पहिलो टेलिफोन प्रणाली सन् १९११ मा स्थापना भएको थियो।[११] महानगर टेलिफोन निगमको स्थापना सन् १९८६ मा भारत सरकारले दिल्ली र मुम्बईको टेलिफोन सेवाहरूको निरीक्षण गर्नका लागि गरेको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About Us", MTNL Delhi, अन्तिम पहुँच ५ अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण १८ सेप्टेम्बर २०२१ मिति
  2. "Contact Us", MTNL, अन्तिम पहुँच ५ अप्रिल २०१९ 
  3. ३.० ३.१ ३.२ ३.३ "About Us – MTNL Mumbai", Mahanagar Telephone Nigam, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१४ 
  4. "BSNL CMD P K Purwar takes charge of MTNL", Business Standard, २०२०-०४-१५। 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ "Audited Financial Results of MTNL for FY 2020-21", MTNL, अन्तिम पहुँच १८ सेप्टेम्बर २०२१ 
  6. "MTNL to be a BSNL subsidiary", The Hindu, २०१९-०६-२९। 
  7. Sahoo, Madhusudan (१५ सेप्टेम्बर २०१६), "Sale only option for terminally ill MTNL!", The Pioneer (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ जुन २०१८ 
  8. "MTNL files NYSE plan for listing", The Hindu Businessline, ३ मे २०००, अन्तिम पहुँच ७ जुन २०१८ 
  9. Khanna, Sundeep (१२ डिसेम्बर २०१७), "MTNL's woes show PSUs need a long-term game plan", Live Mint, अन्तिम पहुँच ७ जुन २०१८ 
  10. "Corrigendum to press release no. 37/2021 dated 23rd August, 2021", www.trai.gov.in, १७ सेप्टेम्बर २०२१। 
  11. "History", MTNL, मूलबाट १२ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १२ मार्च २०१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]