लेह जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेह जिल्ला
लेह सहरको दृश्य
लेह सहरको दृश्य
नक्सा
लेह जिल्ला
लेह जिल्लाको अवस्थिति
लेह जिल्ला
निर्देशाङ्क (लेह): ३३°३८′उ॰ ७७°४६′पू॰ / ३३.६३३°N ७७.७६७°E / 33.633; 77.767निर्देशाङ्कहरू: ३३°३८′उ॰ ७७°४६′पू॰ / ३३.६३३°N ७७.७६७°E / 33.633; 77.767
देश भारत
केन्द्र शासित प्रदेशलद्दाख
मुख्यालयलेह
स्थापित१ जुलाई १९७९
क्षेत्रफल
 • लद्दाखको जिल्ला४५१११० किमी (१७४१७० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • लद्दाखको जिल्ला१३३४८७
 • घनत्व०.३०/किमी (०.७७/वर्ग माइल)
 • सहरी
४५६७१
जनसाङ्ख्यिकी
 • साक्षरता७७.२%
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटleh.nic.in

लेह जिल्ला भारत प्रशासित लद्दाखको विवादित कश्मीर क्षेत्रको एक जिल्ला हो। ४५,११० वर्ग किलोमिटर क्षेत्रफल भएको यो जिल्ला कच्छपछि दोस्रो ठुलो जिल्ला हो। यसको उत्तरमा गिलगित-बाल्टिस्तानको खार्माङ र घाँचे जिल्लाहरू र सिन्जियाङको काशगर प्रान्त र होतान प्रान्तले घेरेको छ, जससँग यो ऐतिहासिक काराकोरम भन्ज्याङ हुँदै जोडिएको छ। अक्साई चिनतिब्बत पूर्वमा, कारगिल जिल्ला पश्चिममा र लाहुल र स्पीति दक्षिणमा छन्। यस जिल्लाको सदरमुकाम लेहमा रहेको छ। यो ३२ देखि ३६ डिग्री उत्तरी अक्षांश र ७५ देखि ८० डिग्री पूर्वी देशान्तरको बीचमा अवस्थित छ।[१]

१ जुलाई १९७९ सम्म सम्पूर्ण लद्दाख लेहको प्रशासनमा थियो, जब कारगिल र लेह प्रशासनिक जिल्लाहरू सिर्जना गरिएको थियो। २०औँ शताब्दीको उत्तरार्धदेखि नै बौद्धमुस्लिमहरूबीचको गुनासोको स्रोत धर्म भएको छ र यस विभाजनमा योगदान पुर्याएको छ। अगस्ट २०१९ मा, भारतको संसदले लेहलाई नयाँ केन्द्र शासित प्रदेश लद्दाखको जिल्ला बनाउने प्रावधानहरू समावेश गर्ने अधिनियम पारित गरेको थियो, जुन ३१ अक्टोबर २०१९ मा गठन गरिएको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Muslim Precedence Politics - How it operates in Ladakh", Kashmir Sentinel, अगस्ट २००२, मूलबाट २००८-१०-०६-मा सङ्ग्रहित। 
  2. "Article 370 revoked Updates: Jammu & Kashmir is now a Union Territory, Lok Sabha passes bifurcation bill", Business Today, ६ अगस्ट २०१९।