वार्तालाप:अमेरिकी क्रान्तिकारी युद्ध

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्पादन द्वन्द सम्बन्धमा[सम्पादन गर्नुहोस्]

Bishaldev100हिमाल सुबेदी: विगत केही दिन देखि यहाँहरू लगातार सम्पादन द्वन्दमा संलग्न रहेको पाएको छु। यहाँहरू दुवै जना नेपाली विकिपिडियाको अनुभवी तथा सक्रिय प्रयोगकर्ता हुनुहुन्छ तसर्थ यस विषयमा समुदायको तर्फबाट म तपाईं दुवैजनालाई ध्यानाकर्षण गराउन चाहन्छु। नेपाली विकिपिडियामा वर्तमान समयमा भएका नीतिहरूको पालना गर्नु सबै प्रयोगकर्ताको लागि अनिवार्य छ। Bishaldev100, सामग्री अनुवादका सीमितताहरू नीति हुँदाहुँदै पनि यहाँले उक्त नीतिलाई अवहेलना गरेको देखिएको छ। नवनिर्मित लेखलाई एकैपटक सुधार गर्न नसकिने भएमा त्यसमा काम भइरहेको ढाँचाको प्रयोग गर्न सकिन्छ तर सो को प्रयोग यहाँले गर्नुभएको देखिएन तसर्थ अब उपरान्त यस विषयमा अति संवेदनशील भएर लेख निर्माण तथा सुधार गर्नुहोला। हिमाल सुबेदीBishaldev100, लेखमा भएका सामग्रीलाई पूर्ववत्त गर्दा कारण दिइएको पाइएन तसर्थ अबदेखि कारण राखेर मात्र सम्पादन उल्टाउनु होला। आशा छ यहाँले नीतिसम्मत कार्य गर्नुहुनेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०८, १५ नोभेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]