शिवकुमार राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिवकुमार राई (जन्म: २६ अप्रेल १९१९) नेपाली साहित्यका एकजना विशिष्ट सामाजिक यथार्थवादी कथाकार हुन् ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

शिवकुमार राईको जन्म २६ अप्रेल १९१९मा पूर्व सिक्किमको रिनाक भन्ने ठाँउमा भएको थियो । उनको बाबाको नाम धोजबीर राई र आमाको नाम नरमाया राई हो । उनले केही समयसम्म तिब्बतको ग्यात्से भन्ने ठाउँमा बुनियादी शिक्षा प्राप्त गरेका थिए। आफना बाबा आमासँग पछि सरूवा भएर उनी खरसाङ गए अनि त्यही ठाउँलाई उनले आफ्ने कर्मभूमि पनि बनाए। उनले सन् १९४१मा कलकतत्ताको सेण्ट जेभियर कलेजबाट बी. ए. परीक्षा पास गरेका थिए। शिवकुमार राई राजनितिमा पनि चासो राख्दथे। डम्बरसिंह गुरूङको नेतृत्वमा स्थापना भएको गोर्खालीग पार्टीमा लागेर उनी पश्चितमबङ्गालको उपमन्त्रीसम्म हुन पुगेका थिए। पछि राजनीतिक क्षेत्रलाई त्यागेर उनी अल इन्डिया रेडियोको खरसाङ शाखामा नेपाली कार्यक्रमको निर्माला बन्नपुगे अनि त्यसका साथै सिलगढीबाट प्रकाशित हुने हिमालजुली दैनिक समाचारपत्रको सम्पादन पनि गरेका थिए। उनको मृत्यु २२ जुलाई१९९५मा खरसाङमा भयो। शिवकुमार राईले आफ्नो साहित्यिक जीवन तरुण नामक हस्तलिखित पत्रिकामा बाँसुरी शीर्षक कथलेखेर गरेका थिए। खोजी नामक पत्रिकामा प्रकाशित विरहीको वसन्त उनको पहिलो कविता कृति हो। शारदा, उदय, गोर्खा, युगवाणी, साहित्यस्रोत, भारती, दियालो आदि पत्रिकाहरूमा उनका कथा, कविता, नाटक तथा नबन्धहरू प्रकाशित भएका पाइन्छन्। शिवकुमार राईले साहित्यका विविध विधाहरूमा कलम चलाए पनि उनी विशेष गरेर नेपाली साहित्यमा कथाकारको रूपमा परिचित छन्।

कृति[सम्पादन गर्नुहोस्]

उनका प्रकाशित कृतिहरू हुन्- १. फ्रण्टियर(कथा सङ्ग्रह) २. डाँफेचरी (खण्डकाव्य) ३. यात्री ( कथा सङ्ग्रह) ४. बडा डिनर ( कथा सङ्ग्रह) ५. डाकबंगला (उपन्यास) ६. खहरे ( कथा सङ्ग्रह) ७. शिवकुमार राईका साथ कथा (कथा सङ्ग्रह) पुरस्कार तथा सम्मानः- १. खहरे कथा संग्रहको निम्ति सन् १९७८मा दिल्लीको साहित्य अकादमाद्वारा साहित्य अकादमी पुरस्कार। २. दियालो पुरस्कार ३. सिक्किमबाट अगमसिंह गिरी स्मृति पुरस्कार। कथाकार शिवकुमार राईका कथामा पाइने विशेषताहरूः शिवकुमार राई भारतीय नेपाली जनजीवनलाई आधार बनाएर कथा लेख्ने कथाकार हुन्। उनको कथामा विशेष गरेर पश्चिम बङ्गाल राज्यका पहाडी इलाका दार्जिलिङ र खरसाङ वरिपरिका मानिसहरूको रहनसहन, आचार व्यवहार, धर्म विश्वास, रीति थिति आदिको सजीव चित्रण पाइन्छ। उनी हिन्दीका प्रेमचन्द र नेपालीका गुरूप्रसाद मैनालीका हाराहारीमा आउने एकजना कुशल सामाजिक कथाकार हुन्। उनका कथाहरूमा प्रयः निम्न वर्गीय समाजका आर्थिक-सामाजिक समस्याहरूलाई केलाईएको पाइन्छ। कथाकार राईका कथाहरूमा यथार्थवादी दृष्टिकोण रहेको पाइन्छ। साथसाथै उनी प्रगतिशील प्रगतिशील विचारधाराका कथाकार भएका हुनालो उनले आफ्नो जातीय समाजको सुधार र उत्थानमा नै स्वयंलाई समर्पण गरेका पाइन्छ। कथाकार राईका कथाहरूमा करूणरसको प्राधान्य रहेको हुन्छ। बारीका सन्लाहरूमा, खेतहरूमा कथा र पात्रहरू खोज्ने कथाकार राईका कथाका पात्रहरू उनकै समसामयिक समाजबाट टिपिएका पाइन्छन्। मानवजीवनलाई भावुकताले प्रत्यक्ष वा परोक्ष रूपमा जहिले पनि पछ्याएकै हुन्छ। यस्ता भावुकताबाट कथाकार राईले आफ्ना कथामा निम्नवर्गीय नेपाली समाजको करूण चित्रण गरी पाठकलाई करूण रस पियाएका पाइन्छन्। उनका कथाहरू पढ्दा यस्तो लाग्छ कि साँच्चै उनले मानवजीवनको मर्मलाई केलाएर हेर्न सकेका छन्। मानवजीवनलाई भित्री रूपमा केलाएर हेर्नु हो भने सबैको जीवनमा कुनै न कुनै रूपमा दुःख, पीरमर्का, वेदना आदि निहित रहेको पाइन्छ। विश्वमा कुनै पनि यस्तो मान्छे छैन जो सम्पूर्ण रूपमा सुखी छ। यस तथायलाई कथाकार राईले आफ्ना कथाहरूमा चित्रण गरेका पाइन्छन्। उनी आफ्नो कथाकारितालाई जिउँदो राख्न सफल छन्। विश्वेहश्वनरप्रकाद कोइराला झै उनी पनि राजनीतिमा कर्मठ भए पनि उनका कथाहरूमा कतै राजनैति बखान पाइन्न। यो कथाकार राईको एउटा छुट्टै वैशिष्ट्य हो।

उनका कथागत वैशिष्ट्यहरूलाई प्रवृत्तिका आधारमा पाँचवटा विभागमा वर्गीकरण गर्न सकिन्छः- (क) सामाजिक- माछाको मोल, मैले पनि जन्तु पालेको थिएँ, टीका, मानिस, प्रकृतिपुत्री, सय रुपियाँको नोट आदि,

(ख) ऐतिहासिक- नूर-आलम, प्रेमका शहिद, फ्रण्टियर आदि।
(ग) मनोवैज्ञानिक- कस्तो मानिस। 

(घ) व्यङ्ग्यात्मक- दिल्लीको सुर्मावाला, छाता, आदि। (ङ) भावात्मक- बालुवाका कण, असफल कलाकार, शिल्पी आदि।

राईका कथाका पात्रहरू समाजका विविध चरित्र र स्वभावका व्यक्तिहरूबाट चुनिएका पाइन्छन्। उनका कथाहरूमा चोर, गम्भीर, फटाहा, ठग, महात्मा, सन्यासी, धनी, गरीब आदि सबै किसिमका पात्रहरू पर्न गएका पाइन्छन्। भनौ, उनको कथामा समाजको एउटा यथार्थ चित्रण गरिएको हुन्छ। उनको कथाले एउटा विशेष समाजको विविध पक्षहरूलाई समेटेको हुन्छ। उनका अधिकांश पात्रहरू सामाजिक, आर्थिक परिस्थितिका बोझले थिचिएका, पिरोलिएका शोषित जनता नै छन्। उनी आफ्ना कथाहरूमा यस्ता निमुखा जनताका अन्तरकुन्तरमा रहेका विरह र वेदनालाई सफल रूपमा केलाउन पुगेका छन्।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]