सन्तोष यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्तोष यादव

सन्तोष यादव (अङ्ग्रेजी: Santosh Yadav) एक भारतीय महिला पर्वतारोही हुन् । उनी दुई पटक सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो महिला पर्वतारोही हुन् ।[१] साथै कुङ्गसुङ मोहडाबाट सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो महिला हुन् । उनले पहिलो पटक सन् १९९२ तथा दोस्रो पटक सन् १९९३ मा सागरमाथा शिखरको सफल आरोहण गरेकी हुन् । उनी भारतको हरियाणा राज्यको रेवाडी जिल्लामा पर्ने सानो गाउँ एडीग्रेगमा जन्मेकी हुन् । उनी पहिलो पटक सगरमाथाको आरोहण गर्ने समयमा आफ्नो समकक्षी मोहन सिंहलाई आफ्नो अक्सिजन सिलिन्डर साझा गरेर उनको ज्यान जोगाएकी थिइन् ।

प्रारम्भिक जीवनी र शिक्षा[सम्पादन गर्नुहोस्]

भारतको हरियाणा राज्यको रेवाडी जिल्लामा पर्ने सानो गाउँ एडीग्रेगमा जन्मेकी हुन् र उनको परिवारमा पाँच दाजुभाई छन् । उनले आफ्नो प्रारम्भिक शिक्षा समाप्त गरेर थप उच्च अध्ययन गर्नको लागि जयपुरको महारानी कलेजमा अध्ययन गर्नका लागि भर्ना भइन् जहाँ उनले आफ्नो कोठाबाट पर्वतारोहीहरूलाई हेर्ने मौका पाइन् । जसबाट सन्तोष प्रभावित भएर जयपुर स्थित नहेरू पर्वतारोही संस्थानमा प्रवेश गरीन् साथै उनले आफ्नो भारतीय प्रशासनिक सेवाको अध्ययन पनि जारी राखिन् । उनको अध्ययनको लागि एउटा कोठाको जिम्मा तथा प्रबन्धन भारतीय पर्वतारोही सङ्घ, दिल्लीले गरेको थियो ।[२]

सन् १९९२ मा २० वर्षकै उमेरमा सागरमाथाको सफल आरोहण गरेर उनले विश्वमा सबैभन्दा कान्छो उमेरमा सगरमाथा आरोहण गर्ने महिलोको कीर्तिमान कायम गरिन् । १२ महिनाको छोटो समयमा उनी भारत-नेपाल महिला आरोही दलकी सदस्य बनिन् र दोस्रो पटक सगरमाथा शिखरको सफल आरोहण गरिन् । यादवलाई सन् २००० मा भारत सरकारले उनको अभूतपूर्व कार्यको लागि भारतको सम्मानित पदवी पद्म श्री पुरस्कारले सम्मानित गरेको थियो ।[१]

प्रहरी सेवा[सम्पादन गर्नुहोस्]

पर्वतारोही अभियानी सन्तोष यादव हरियानाको एक सानो गाउँबाट थिइन् तर पनि उनले आफ्नो पढाईलाई यसको बाधक बन्न दिइनन् । भारतीय प्रशासनिक सेवाको अध्ययन गरेकी सन्तोष वर्तमान समयमा भारतीय प्रहरी सेवा अन्तर्गतको भारतीय-तिब्बती सीमानाको प्रहरी चौकीकी कर्मचारी हुन् । [२]

आरोहण अभियान[सम्पादन गर्नुहोस्]

सन् १९९९ मा सन्तोष यादवले भारतीय पर्वतारोही दलको १२ पर्वतारोहीको नेतृत्व गर्दै सगरमाथा अन्तर्गतको काङ्गसाङ मोहडाको पर्वतारोहण अभियान गराएकी थिइन् भने त्यसको दुई वर्षपछि सन् २००१ मा भारतीय दलकै पर्वतारोहीहरूलाई सगरमाथाको पूर्वी मोहडको आरोहण अभियान गराएकी थिइन् ।[३][३]

सम्मान[सम्पादन गर्नुहोस्]

सन् २००० मा भारत सरकारद्वारा पद्म श्री पुरस्कार प्रदान ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Santosh Yadav feels motivated to climb Everest again", News.webindia123.com, २००७-०५-११, अन्तिम पहुँच २०१०-०६-२० 
  2. २.० २.१ "On top of the world at Baluchi!", The Hindu, २९ मे २००३, मूलबाट २००३-०६-०८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००३-०६-०८ मिति
  3. ३.० ३.१ Menon, Shaym G. (२५ मे २०१३), "‘No work on any expedition was below my dignity’", The Hindu, अन्तिम पहुँच २ जुलाई २०१३