सादी कार्नो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सादी कार्नो

निकोला लेयोनर सादी कार्नो (फ्रान्सेली उच्चारण: [nikɔla leɔnaʁ sadi kaʁno]; १ जुन १७९६ – २४ अगस्ट १८३२) एक फ्रान्सेली यान्त्रिक इन्जिनियर, सैन्य वैज्ञानिक र फ्रान्सेली सेनाका भौतिक वैज्ञानिक थिए जसलाई प्रायः "उष्मागतिकीको पिता"को रूपमा वर्णन गरिन्छ। कोपर्निकसले जस्तै उनले आगोको गतिशील शक्ति र यसलाई प्रयोग गर्ने इन्जिनहरू नामक एक पुस्तक प्रकाशित गरेका थिए। कोपर्निकसले जस्तै उनले सन् १८२४ मा २७ वर्षको उमेरमा आगोको गतिशील शक्ति र यसलाई प्रयोग गर्ने इन्जिनहरू नामक एक पुस्तक प्रकाशित गरेका थिए। जुन ताप इन्जिनको अधिकतम दक्षताको पहिलो सफल सिद्धान्त थियो। यस कामलाई उनले पूर्णतया नयाँ शास्त्रको रूपमा उष्मागतिकी अन्तर्गत स्थापना गरेका थिए। कार्नो दक्षता', कार्नो प्रमेय, कार्नो ताप इन्जिन इत्यादि उनका योगदानहरू हुन्।

परिचय[सम्पादन गर्नुहोस्]

कार्नोटको पेरिसमा जन्म भएको थियो। १८१२ मा कार्नोट पलिटेक्निक शिक्षालयमा प्रवेश गरे तर अध्ययन छोडेर ईन्जिनियरको पद ग्रहण गरे। १८१९ मा, उनले सेनाको परीक्षा उत्तीर्ण गरे र लेफ्टिनेन्टको दर्जा पाए। पछि उनले गणित, रसायन विज्ञान, इतिहास, प्रविधि, शासकीय सरकारी अर्थव्यवस्था आदि विषयहरूको अध्ययन गरे। उनले संगीत, ललित कला, व्यायाम खेल, पौडी, हतियार आदिको पनि राम्रो अभ्यास गरेका थिए। उनी १८२७ मा क्याप्टेन भए पछि १८२८ मा जागिर छोडे।

उनी एक आधारभूत र गम्भीर चिन्तक थिए। उनी केवल एउटा पुस्तक प्रकाशित गर्न पाए, जहाँ उनको वैज्ञानिक अनुसन्धानको बारेमा थोरै चर्चा छ। उनका लेखहरूको पाण्डुलिपि सुरक्षित गरिएको छ जसले त्यसले तापको वास्तविक प्रकृति उनले बुझेको भनेर देखाउँदछ। यसमा ती प्रयोगको पनि वर्णण जुन जेम्स प्रेस्कट जुल र अन्य वैज्ञानिकहरूले पछि तापको मेकानिकल बराबर लिन सक्ने परीक्षणहरूको गरेका थिए। थर्मोडायनामिक्सको मौलिक सिद्धान्त अनुसार, उल्ट्याउन सकिने इञ्जिनको दक्षता ती तापमानमा निर्भर हुन्छ जुन यो बीचमा इन्जिन काम गर्दछ। यो सिद्धान्त कार्नोटको नै देन हो, त्यसैले यसको नाम 'कार्नोट सिद्धान्त' भयो।

मृत्यु[सम्पादन गर्नुहोस्]

१८३२ मा आएको हैजाको महामारी मा उनको मृत्यु भयो। हैजाको सङ्क्रमणले गर्दा उनका सामान र लेखहरु उनी सँगै पुरियो। त्यसले गर्दा उनका केहि मात्र बैज्ञानिक रचनाहरु बाँकी रहेका छन्।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]