रेणु चन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेणु चन्द
व्यक्तिगत विवरण
जन्म२०३७ भदौ २८
मुम्बई, भारत
राजनीतिक दलमाओवादी केन्द्र
अभिभावक
  • गोपाल चन्द (पिता)
रेणु चन्द
Member of the नेपालको पहिलो संविधान सभा Assembly
for ढाँचा:Constlk
कार्यकाल
२०६५–२०६९

रेणु चन्द भट्ट (जन्म: वि.सं. २०३७ भदौ २८) नेपालको संविधान सभाको सदस्य हुन्।

पारिवारिक पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

उहाँका बुबाको नाम गोपाल चन्द र आमाको नाम राधा चन्द हो। गोपाल चन्द नेकपा (एकताकेन्द्र) का पुराना नेता हुनुहुन्छ। पछि उहाँले बैतडीमा एकीकृत नेकपा (माओवादी)को जिल्ला ईन्चार्ज भएर पनि काम गर्नुभयो। राजनीतिक पारिवारिक पृष्ठभूमिमा हुर्केकाले रेणुलाई राजनीतिक रूपमा अघि बढ्न सहयोग गरेको छ। 

शिक्षा[सम्पादन गर्नुहोस्]

उनले स्नातकसम्म अध्ययन गरेकी छिन्।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

वि.सं.२०५२ सालमा तत्कालिन नेकपा (माओवादी) मा प्रवेश गरेकी चन्द वि.सं. २०५७ सालदेखि सशस्त्र बिद्रोहमा सकृय हुनुहुन्थ्यो। वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्वर २ मा एकीकृत नेकपा (माओवादी)का तर्फबाट चुनाव लडेकी रेणु चन्द २० हजार २१ मत ल्याई निर्वाचित हुनुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका विनयध्वज चन्दले ६ हजार ३ सय ६६ र तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का माया भट्टले ५ हजार ६ सय ४६ प्राप्त गर्नु भएको थियो।

संविधानसभा निर्वाचन, २०६४ मा महाकाली अञ्चलबाट प्रत्यक्ष तर्फ निर्वाचन लड्ने उहाँ एकीकृत नेकपा (माओवादी)को एक मात्र महिला उम्मेदवार हुनुहुन्थ्यो।

संविधानसभामा उहाँ संवैधानिक समितिको सदस्य हुनुभयो। चन्द एकीकृत नेकपा (माओवादी) को सेती महाकाली राज्य समिति सचिवालय सदस्यका साथै अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की केन्द्रीय सचिवालय सदस्य हुनुहुन्थ्यो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "उज्यालो", उज्यालो  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२० मिति