देवासराई भाषा
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– लेख छोटो हुनुका साथै लेखको विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी रहेको। हेर्नुहोस् शीमे ले१।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला। यस पष्ठको अन्तिम सम्पादक: हिमाल सुबेदी (योगदान • लग) समय: १६:३१, ९ मे २०२४ (UTC) (५ घण्टा समय) |
किरात देवास राई भाषा तथा लिपि </big
राई जाति एक बहुभाषी जातिको रुपमा चिनिन्छ l किनकि किरात राई जातिहरुमा २६ भाषीहरु छन् l आदिवासी जनजातीहरु अन्तर्गत रहेका तामाङ, नेवार आदि जातिहरुमा थर फरक फरक लेख्ने गरेता पनि भाषा भने एउटै बोल्ने गरेको पाइन्छ l तर राईहरुको थर राई मात्रै लेख्ने गरिन्छ भने बोल्ने भाषा भने फरक फरक हुन्छ l सबै भन्दा बढी थर भएको जाति मगर हो भने सबै भन्दा बढी भाषा भएको जाति राई हो भनी अध्ययन कर्ताहरु बताउछन् l किरात राई ययोक्खामा हाल २९ भाषिका राईहरु आवद्ध छन् l किरात राई जातिका विभिन्न थरहरूको आ–आफ्नै प्रकारका भाषा छन् । नेपालका जातजाति सम्बन्धी अध्ययन कर्ता डोरबहादुर विष्टको भनाइ अनुसार राईहरुमा अनेक ससाना अलगअलग भाषा बोल्ने र अलगअलग चालचलन भएका धेरै बथान छन् l कतिपयका भाषा लोप भइसकेका छन् भने कतिपयको लोपोन्मुख अवस्थामा पुगेका छन् । हरेक चार कोषमा पानी फेरिन्छ र हरेक आठ कोषमा बाणी फेरिन्छ भने झैँ सरकारी एकल भाषिक नीति, बसाइँसराइ, मिश्रित सामाजिक संरचना, अन्तरजातीय विवाह, आर्थिक विपन्नता, अन्तर्राष्ट्रिय प्रभाव आदिका कारण अधिकांश राईहरूको भाषिक अवस्था लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ भने ठाउँअनुसारको संस्कार, संस्कृति र भाषिकाहरूको विकास भई भाषिक विविधता भएको पनि देखिन्छ । यसै मध्ये एक भाषाको रुपमा देवास राई भाषालाई लिन सकिन्छ l जुन भाषा अहिले लोपोन्मुख अवस्थामा पुगिसकेको छ। अब राईगाउँका देवास राईहरुले बोल्ने गरेको भाषा बारे यहाँ चर्चा गरिन्छ l प्राय राईहरुको भाषा भोटबर्मेली भाषा परिवार अन्तर्गत पर्दछन् l तर राईगाउँका देवास राईहरुले बोल्ने भाषा भारोपेली परिवार अन्तर्गत पर्दछ l यस भाषाको छुट्टै लिपि त छैन l तर हाल किरात राईहरुको साझा लिपि किरात सिरिजंगा लिपिलाई अङ्गीकार गर्दै आएको छ l कालक्रमिक एवम् समकालिक भेदको कारणले गर्दा देवास राई भाषा एक नयाँ भाषाको रुपमा जन्म भएको अनुमान गरिएकोछ l सामान्यतया यस भाषामा नेपाली, मैथली, भोजपुरी जस्ता भाषाहरुको मिश्रण रहेको पाइन्छ l स्थानान्तर, ठाउँअनुसारको संस्कार, संस्कृति, भाषाभाषीको प्रभावका कारण पुर्खाले बोल्ने गरेको वास्तविक भाषालाई संरक्षण गर्न नसकेको कारण यस भाषामा विचलन आएको हो भनी जानकारहरु बताउदछन् l हाल यो भाषा बोल्नेको संख्या अत्यन्तै कम संख्यामा भेटिन्छन् l राईगाउँका देवास राईहरुले बोल्ने भाषामा उच्चारणका आधारमा देवनागरी लिपि अन्तर्गतका अ, आ, इ, उ, ए, ओ गरी जम्मा ६ ओटा स्वर वर्ण र क, ख, ग, घ, ङ, छ, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल,व, स, ह गरी जम्मा २९ ओटा व्यञ्जन वर्णहरु प्रयोग भएको पाइन्छ l
प्राचिन किरात भूमि वल्लो किरात(पूर्वमा सुनकोशी देखि पश्चिममा त्रिसुली नदिसम्म र दक्षिणमा मकवानपुर जिल्लाको चित्लाङदेखि उत्तरमा रसुवा जिल्लाको गोसाँइकुण्डसम्मको भूभाग) भित्र र आसपासका जिल्लाहरु मकवानपुर, नुवाकोट, काभ्रे, चितवन, धादिङ, सिन्धुली आदिको भूभागमा आधार इलाका बनाई सदियौँदेखि हाल सम्म निरन्तर बसोबास गर्दै आफ्नै प्रकारको परम्परा मूल्य मान्यताहरु रहेका भूमिपुजक भूमिपूत्र राईहरु नै किरात देवास राई हुन् । नेपाल एकिकरण पूर्व कालखण्डमा मुकुन्द सेनका रानी महिमवतीतर्फका कान्छा छोरा लोहांग सेनको राज्य संचालनको समयमा मकवानपुर राज्य पूर्वमा विजयपुर र दक्षिणमा भारतको चम्पारण सम्म फैलिएको थियो l त्यसताका वल्लो किरात भूमि मकवानपुरका चौतारिया बाजहाङ राय (बाजू राय ) र उनका छोरा चौतारिया विद्याचन्द्र राय , विजयपुर चौदण्डीका चौतारिया अगमसिँह राई, धुलिखेल चौकटका राजा महेन्द्रसिंह राई, नाम सिं राई, माझ किरातका अटल राई, चितन राई, अगमासी चम्लोंङ राई थिए l यिनै चौतारियाहरु तथा राजाका सन्तानहरुनै देवास राई भएको अग्रज पुर्खाहरु बताउछन् ।यस जातिको आफ्नो छुट्टै प्रकारको भाषा, संस्कार, संस्कृति तथा धर्म, परम्परा मूल्य मान्यताहरु रहेको पाइन्छ l यो जातीय समाजमा पहिला देखिने गरिने कुलपूजा तथा खेललाई देवास भन्ने गरिन्छ l परापूर्व कालमा शिकार जानु अघि देवास बसेर शिकार कहाँ पाइन्छ त्यसको जोखाना हेरी शिकारमा निस्कन्थे l कुनै शुभकार्य गर्न पूर्व तथा खेतीपाती लगाउँदा प्राकृतिक प्रकोप, रोगब्याधबाट जोगाउन र नयाँ बालीनाली भित्र्याउदा इष्टदेव खुशी पार्नका लागि देवास बस्ने प्रथा यस समुदायमा रहेको कारण यस जातिलाई देवास राई भनिएको हो भनी अग्रज पुर्खाहरु बताउछन् । पुस्तान्तरणसंगै यस्ता संस्कार तथा संस्कृति हस्तान्तरण हुन नसक्दा विस्तारै हराउदै गएको छ l किरात देवास राई उत्थान समाज नेपालको अध्ययन अनुसार यो जातिको प्रमुख बसोबासको थलो मकवानपुर, सिन्धुली, काभ्रे, नुवाकोट अर्थात् वल्लो किरात क्षेत्रहरुलाई मुख्य रुपमा मानिएको पाइन्छ l यस अतिरिक्त हाल रौतहट, सर्लाही, बारा, चितवन, धादिङ, ललितपुर काठमाडौं, उपत्यकाका विभिन्न स्थानमा पनि यो जातिको बसोबास छ l
यो जातिले आफूहरुलाई किरातकालिन समयको उपत्यकाबासी किरातका सन्तान मान्ने गर्दछन् l अन्य जातिका राईहरुमा जस्तै यो जातिभित्र पनि विभिन्न गोत्र एवम् पाछाहरु रहेकाछन् l
यो जातिमा पनि आफ्नै प्रकारको परम्परागत संस्कार रहेका छन् जो अन्य जातिका राईहरुसंग अलग प्रकारको रहेका छन्