काशीनाथ गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काशीनाथ गौतम

अर्घाखाँची जिल्लाको पोखराथोकमा जन्मिएका काशीनाथ गौतम

नेपालका पूर्वमन्त्री हुन्। उनी २०१५ सालको निर्वाचनमा तत्कालीन गुल्मी मध्य पुर्बी क्षेत्रबाट नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका थिए । यिनी २०१६ विश्वेश्वर प्रसाद कोइरालाको जननिर्वाचित मन्त्रीमण्डलमा उनी उद्योग मन्त्री भएका थिए।

बिपि कोइरालाका बिश्वास पात्र गौतम नेपाली काङ्ग्रेसको भुमिगत कालमा मध्य नेपालको पाल्पा गुल्मी लगायतको क्षेत्रको कमान्डर थिए ।

एउटा रोचक कहानी के छ भने पन्चायत कालमा गौतमलाई गिरफ्तार गर्न प्रहरी गौतमको घरमा पुग्दा उनी श्रीमतीको सारी चोलो लगाएर प्रहरीको आँखा छली ३ दिन हिडेर काठमाडौ पुगेको उनलाई नजिकबाट चिन्नेहरु बताउछ्न ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]