बालुवाटार सत्याग्रह
बालुवाटार सत्याग्रह (अङ्ग्रेजीमा Occupy Baluwatar) नेपालको महिला हिंसा र दण्डहीनता विरूद्धको अभियान हो। देशमा बढ्दो दण्डहीनता तथा महिला हिंसा विरूद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा जुटेका महिला अधिकारकर्मीहरूको सामुहिक अभियानलाई अकुपाई बालुवाटर नाम दिइएको हो। बाबुराम भट्टराई सरकार रहँदै देखि बालकृष्ण ढुंगेल लगायत हत्याका दोषीहरूलाई कारबाहीको माग गर्दै महिलाहरूले म महिनौसम्म प्रदर्शन गरेका हुन्। प्रर्दशन गरिरहेका उनीहरूलाई वाइसिएलका कार्यकर्ताहरूले आक्रमण समेत गरे। ढुंगेलको तस्वीरसहितका व्यानर बोकेर प्रर्दशन गरिरहेको अभियानकर्तामाथि वाईसिएलले हस्तक्षेप गरेको थियो। [१][२] आन्दोलन बाबुराम भट्टराई सरकार ढलेर प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रीपरिषद् बनेपछि पनि जारी छ। यो आन्दोलनमा सीता राई, सरस्वती सुवेदी तथा छोरीमैया महर्जन प्रतिनिधिमूलक घटनाहरू हुन्, जसलाई राज्य र केही नेताको मिलेमतोमा दबाउन खोजिएको थियो । तर युवा पुस्ता सामान्य नागरिकको वेदनालाई मूकदर्शक बनेर हेर्न चाहेन र पीडितलाई न्यायको लागि साथ दिने संस्कृति निर्माणका लागि सडकमा उत्रे । यो कुनै पनि पार्टी वा सङ्घ-संस्थाहरूको आह्वानमा सुरु गरिएको होइन । यो सरकार विरोधी आन्दोलन पनि होइन । [३] यो महिला हिंसा र दण्डहिनताको चरम सिमा रोक्न गरिएको आन्दोलन हो। महिला हिंसा अन्त्य गर्न तथा दण्डहीनताको अन्त्यका लागि गरिएको अभियानमा खिलराज रेग्मीको अन्तरिम चुनावी मन्त्रीपरिषद् ले पनि निराश पारेको यसका अभियन्ताहरूले बताएका छन्। [४]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ विश्व न्यूज[dead link]
- ↑ रिपोर्टर्स नेपाल[dead link]
- ↑ इ कान्तिपुर[dead link]
- ↑ राईको घटनामा अध्यक्ष रेग्मीले भने, म केही गर्न सक्दिन[dead link] सेतोपाटी (Last Access on 12/27/2013)
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
- आन्दोलनको वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२९ मिति