अग्न्याशय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अग्न्याशय
विबरण
पूर्ववर्तीप्यान्क्रियाटिक बड
धमनीइन्फेरियर प्याक्रियाटिकोड्युओडेनल आर्टरी, सुपेरियर प्याक्रियाटिकोड्युओडेनल आर्टरी, स्प्लेनिक आर्टरी
शिराप्याक्रियाटिकोड्युओडेनल भेन, प्यान्क्रियाटिक भेन
स्नायुप्यान्क्रियाटिक प्लेक्सस, सेलियाक ग्याङ्ग्लिया, भेगस[१]
पहिचान
चिकित्सा विषय शीर्षकहरूD010179
TAA05.9.01.001
एनाटोमीको आधारभूत मोडेल7198
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

प्यान्क्रियाज भर्टेब्रा प्राणीहरूमा पाइने एउटा अङ्ग हो। यो अङ्ग पाचन र इन्डोक्राइन प्रणालीको एउटा प्रमुख ग्रंथि हो। इन्डोक्राइन प्रणाली अन्तर्गत यो ग्रन्थिले इन्सुलिन, ग्लुकागोन, सोमाटोस्टाटिन हर्मोन बनाउँछ भने एक्जोक्राइन ग्रन्थिको रूपमा यसले प्यान्क्रियाटिक झोलहरु निकाल्दछ जसमा पाचन प्रणालीको इन्जाइमहरु हुन्छन्। यी इन्जाइमहरूले काइममा भएको कार्बोहाइड्रेट, प्रोटिन र बोसोलाई अझ पचाउन मद्दत गर्दछ।

हिस्टोलोजी[सम्पादन गर्नुहोस्]

प्यान्क्रियाजलाई माइक्रोस्कोपमुनि स्टेन राखेर हेर्दा स्टेन भएका खण्डमा दुई भिन्न प्रकारका प्यारेन्काइमा तन्तुहरु देखा पर्दछन्। [२] यी मध्ये फिक्का रंग लिने कोषका झुप्पालाई आइलेट्स् अफ ल्याङ्गरह्यान्स भनिन्छ। यो भागले प्यान्क्रियाजको इन्डोक्राइन काम अर्थात हर्मोन उत्पादन गर्ने गर्दछ। स्टेनमा गाढा देखिने भाग एसिनस हो जुन प्यान्क्रियाजको एक्जोक्राइन भाग हो। यी एसिनसहरु एक अर्कासँग एक्जोक्राइन डक्टको सहायताले जोडिएका हुन्छन्। यी कोषहरूले पाचन प्रणालीका पाचक इन्जाइमहरु बनाउँदछन् र आन्द्रामा एउटा डक्टको प्रणालीद्वारा यी इन्जाइम खन्याउंछन्।

संरचना रुप कार्य
आइलेट्स् अफ ल्याङ्गरह्यान्स फिका स्टेन, ठूला, भूगोलाकारका झुप्पाहरु हर्मोन उत्पादन र सेक्रिसन (इन्डोक्राइन प्यान्क्रियाज)
प्यान्क्रियाटिक एसिनी गाढा स्टेन, साना, बेरी जस्तो झुप्पा पाचन इन्जाइम निर्माण र सेक्रिसन (एक्जोक्राइन प्यान्क्रियाज)

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

श्रोत[सम्पादन गर्नुहोस्]

  1. Physiology at MCG 6/6ch2/s6ch2_30
  2. Histology at BU 10404loa