अग्रवाल सेवा केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अग्रवाल सेवा केन्द्र
अग्रवाल भवन
अग्रवाल सेवा केन्द्र (अग्रवाल भवन)
सामान्य विवरण
स्वामित्वराष्ट्रिय
अग्रवाल सेवा केन्द्र (अग्रवाल भवन)

अग्रवाल सेवा केन्द्र (अग्रवाल भवन) काठमाडौँ महानगरपालिकाको वडा नं. १ र ३१ वडाको बीचमा ऐतिहसिक कमलपोखरीको पश्चिम-उत्तरकोणमा अवस्थित छ। यस सेवा केन्द्रको स्थापना वि. सं. २०५६ सालमा भएको थियो। मारवाडी सामुदायका सदस्यहरूको योगदानद्वारा यस भवनको निर्मांण सम्पन्न भएको हो। यस केन्द्रको स्थापनाका निमित्त स्वर्गिय मदन गोपाल खेतानको मुख्य योगदान थियो। ३९४ सदस्यहरु सङ्खया भएर सुरु भएको अग्रवाल भवनमा हाल झन्डै ५०० जना सदस्यहरु छन्। अग्रसेन मन्दिर

भवनहरू[सम्पादन गर्नुहोस्]

बालाजी हल[सम्पादन गर्नुहोस्]

पशुपति हल[सम्पादन गर्नुहोस्]

नारायणी हल[सम्पादन गर्नुहोस्]

धर्मशाला[सम्पादन गर्नुहोस्]

अग्रसेन महाराज
अग्रवाल सेवा केन्द्र
अग्रवाल सेवा केन्द्रमा धुम्रपान गर्न पाईदैंन।

अग्रवाल सेवा केन्द्र करिब २ रोपनी ९ आनाको क्षेत्रखलमा फैलिएको छ जसभित्र प्यागोडा शैलीमा निर्मित तीनतल्ले कलात्मक मन्दिर एंव विशाल भवन छन्। हाल यस भवनमा ३०-३५ जना कर्मचारीहरु कार्यरत छन्। चारवटा हल र बीसवटा अतिथिका लागि छुट्टाइएका कोठाहरु भएको अग्रवाल भवनको वार्षिक खर्च करीब २० देखि २५ लाख रुपैँयाको हाराहारीमा पुग्दछ। यस संस्थाको सञ्चालको लागि आवश्यक पर्ने सम्पूर्ण बजेट, यस भवनका हलहरु र कोठाहरूको भाडा साथै यस कैन्द्रका सदस्यहरूको योगदानद्वारा पुर्याइन्छ। यस केन्द्रको सञ्चालन ५५ सदस्यीय सञ्चालन समितिद्वारा गरिन्छ, जुन हरेक दुई वर्षको अवधिमा परिवर्तन गरीन्छ। हाल यस समितिको अधक्ष राजकुमार अग्रवाल हुनुहुन्छ। स्वयम् मोहन गोपाल खेतान र बसन्त कुमार चौधरी यस संस्थाका पूर्व अध्यक्षहरु हुनुहुन्थ्यो।


नेपालमा धार्मिक प्रवृतिको प्रोत्साहन, मानवमात्रको सहयोग, विश्वशान्ति र समाज कल्याण जस्ता उद्देश्यहरु लिएर अग्रवाल सेवा केन्द्रको स्थापना भएको हो। त्यसैले यो एक विशुद्व धार्मिक एवम् सामाजिक संस्था हो। सुरुवातका वर्षहरूमा केवल मारवाडी सामुदायका सदस्यहरूको धार्मिक कार्यक्रम जस्तै पूजा, विवाह, वर्तवन्ध आदिका लागि प्रयोग गरिदै आइएको यस केन्द्रलाई पछि सम्पूर्णका लागि खुल्ला गरियो। अहिले दिनहु यस भवनको मन्दिरमा पूर्ण आरति र भजन-कृतन गरिन्छ। साथसाथै विशेष तिथिहरु जस्तै आमाको मुख हेर्ने दिन, दसैँ, कार्तिक ठूलो एकादसि, आदिमा यस केन्द्रमा विशेष धार्मिक कार्यक्रमको आयोजना गरिन्छ। साथै सर्वसाधारणले पनि यस केन्द्रमा सुपथ मूल्य तिरेर आफ्ना धार्मिक कार्यक्रमको आयोजना गर्न सक्छन्।

धार्मिक क्रियाकलापका साथसाथै यस संस्थाले सामाजिक कल्याणको काम पनि गरिरहेको छ। यस संस्थाले सर्वसाधारण जनताका निम्ति घरदेखि अस्पतालसम्मै नि:शूल्क एयाम्बुलेन्स सेवा वितरण गर्दै आइरहेको छ। साथै यस भवनमा अतिथिहरुका निम्ति अतिथिकक्षहरु पनि उपलब्ध छन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]