सामग्रीमा जानुहोस्

बिजगणित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अलजेब्राबाट अनुप्रेषित)

बिजगणित बिज गणित गणितको त्यो शाखा हो जहाँ अंकको स्थानमा बीजगणितीय अचल राशिको वा सामान्य भाषामा भन्दा भाषिक अक्षरहरूको प्रयोग गरिन्छ। उदाहरणस्वरूप -

ऋषिको वर्ष २००१को आम्दानी १,५०,००० छ.

त्यसैगरी वर्ष २००२को आम्दानी १,७०,००० छ भने,

ऋषिको प्रथम् वर्षको आम्दानीलाई "क" र द्वतीय वर्षको आम्दानीलाई "ख" तथा दुवै वर्षहरूको आम्दानीहरूको योगलाई "ग" भनी सङ्केतीकरण गर्दा निम्नलिखित समीकरण बन्न आँउछ-

क + ख = ग अर्थात् १,५०,००० + १,७०,०००= ३,२०,००० हुन्छ.

चित्र:Trianglee.jpg
यसरी ज्यामितीय विचारहरूलाई पनि बीजगणितीय समीकरणमा लेख्न सकिन्छ।