अलेक्जान्डर पुस्किन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रुसी साहित्य का महारथी

६ जुन १७९९ मा रुस को मस्को मा सम्भ्रान्त परिवारमा जन्मेका पुस्किनलाई रुसी साहित्यका आदिकवि पनि भनिन्छ। साहित्यका विभिन्न विधाहरूमा उत्तिकै कलम चलाएका पुस्किनलाई रुस वाहिर भने विशेषत उनको प्रेम गीतहरु (कविता) हरुका कारण चिनिन्छ। त्यस माथि उनको जीवनी पढने जो कोहि पनि उनीसँग प्रभावित नभै रहन सक्दैन। ३७ वर्ष को कलिलो उमेरमा (१० फेब्रुवरी १८३७) मृत भएका घटनालाई रुसीहरू समान रूपमा रुसी साहित्य माथि को वज्रपातको रूपमा लिन्छन| कवि, नाटककार, उपन्यासकार तथा कथाकार पुस्किनले आधुनिक रुसी साहित्यको जग बसाले । 'इभगेनी आनेगिन', 'जिप्सी', 'क्याप्टेन्स डटर', 'बोरिस गाडुनोभ' 'रुस्लान एन्ड लुदमिला' उनका चर्चित कृति हुन् । सार्है पुस्किन ले आफ्नो छोटो समय मा २९ वटा द्वन्द युद्द लडेका थिए।

उनले शाही परिवारका छोरा-छोरीले मात्रै अध्ययन गर्ने पिटरवर्गको महगो विद्यालय पढे । पछि तत्कालीन जार शासकका परराष्ट्र मन्त्रालयमा जागिरे पनि भए । तर १४ वर्षै उमेरमा समालोचक हरूलाई चकित तुल्याउने गरी कविता लेख्ने यिनी प्रजातन्त्रको पक्षमा होमिए । उनका थुप्रै कविता साइबेरियामा निर्वासित प्रजातन्त्रवादीप्रति र्समपण गरिएको छ । तत्कालीन रुसी निरंकुश सत्ताविरोधी साहित्य लेख्ने क्रान्तिकारी कविका रुप प्रख्यात उनलाई प्रजातन्त्रवादीको आरोपमा साइबेरियोको निर्वासित पनि गरिएको थियो । जारले त उनलाई शाहि दरवारमा तल्लो दर्जा को उपाधि दिएर अपमानजनक व्यवहार नै गरेका थिए| ३० वर्षो उमेरमा पुस्किनले छोटो परिचय पछि नै गान्छारुभा (Nataliya Nikolaevna Pushkina-Lanskaya) सँग मोहित भै विवाह गरे । गान्छारुभा यति सुन्दरी थिइन् कि दरबारका सैन्य अधिकृतहरू उनलाई पाउने षड्यन्त्रमा जुटे । सुन्दरीमाथि जो कोहीले पनि 'द्वन्द्व-युद्ध' मा दाबी गरेर जित्न पाइने जारकालीन त्यो समयमा संवेदनशील पुस्किन पत्नीकै अघिल्तिर 'द्वन्द्व-युद्ध' मा ढले, जतिबेला उनी ३८ वर्षा मात्र थिए र यो उनको २९ अओ 'द्वन्द्व-युद्ध' थियो। पुस्किन ढलेकै स्थानबाट अर्का कवि लेमेन्तोभले व्रि्रोही कविता लेखे । 'कविको मृत्युमा' शिर्षक कविता लेखेबापत उनी पनि निर्वासित भए र २८ वर्षो उमेरमा उनीसमेत सुन्दरी पत्नीकै अघिल्तिर 'द्वन्द्व-युद्ध' मा मारिए ।

मृत्यु को समय मा उनी यति प्रख्यात र लोकप्रिय थिए कि उन को शवयात्रा लाई प्रशासन ले अघोषित रुप मा प्रतिवन्ध लगाई नातेदार र मित्रहरू वाहेक अरु ले सहभागिनै हुन नपाउने गरी व्यवस्था गर्न वाध्य पारियो |



कविता भिक्टोरियाको गीत